sujim bazar advert

कोभिड र मेरो होटेल क्वारेन्टिन

राधिका कुइँकेल खनाल     भदौ २१, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

radhika kuikel khanal swab technician kathmandu nepal nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

सुनसान रातमा झ्यालबाट यसो पर्दा चीयार हेर्यो अग्ला-अग्ला घर र अँध्यारो कोठाले मलाई प्राय: तर्साउँछ । लाग्छ यी सबै भुतघर हुन ! हिजोको त्यो चहलपहल, झिलिमिली सम्झिएर अचम्म लाग्छ कि ती मानिस कहाँ लुके होलान्? यो कोभिडको डरले ।

कहाँ बसेर रोए होलान् भोको पेट छट्पटाउँदै ती होटलहरुमा काम गर्ने मजदुर अनि कहाँ भागे होलान् ती ब्यवसायी जस्ले बैंकको ब्याज तिर्न नसकेर करोडौं घाटा ब्यहोर्दै छन् । ठिङ्गरिङ्ग उभिएर कालो कोठेरिमा परेवाले रातभर पखेटा फर्फराएको मात्र सुनिन्छ यी सुन्धराका ती करोडौ आम्दानीको केन्द्र सुन्धराका होटल । अनि आफुलाइ सम्झिन्छु आफ्नो ठूलो दुःखले बनाएको सानो झुपडी जहाँ भित्र पसे पछि दिनभर पिपिई लगाएर ड्युटी सकिएपछी फुकाल्दा बित्तिकै हुने मीठो शितलता प्रदान हुन्थ्यो ।

स्वाब सङ्कलन कार्यमा कर्मचारी साथीहरुसँग

अझै सम्झिन्छु मेरो मुटुको धड्कन मेरि छोरी जो म घर पुगेको थाहा पाउँदा बित्तिकै कुदेर झोला खोतल्न आइपुग्थीन अनि मैले नुहाइ धुवाइ सकेसी तातो र मिठो चिया ल्याएर खुवाउथीन र भन्थीन ‘ममि यो जागिर छोडिदिनुस’ अब कति दुःख गर्नु हुन्छ कोरोना लाग्छ क्या । त्यस्तै म आएपछि उज्यालो अनुहार बनाएर बोलाउने ससुराबा, र के तरकारी ल्यायौर भन्दै खोतलेर केलाइ कुलाइ पार्ने अनि भोक लाग्यो होला खाजा खायौ ? भनेर सोध्ने सासूआमा । हुन त पेरिसमा बस्ने छोरो र नुवाकोटमा कोरोनाकै लडाइ लड्दै मैदानमा होमिएका श्रीमानको माया र सम्झनाले चै कहाँ मन चयन छ र ?

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्वाब दिने क्रममा

ऐले मेरा साथीपनि नयाँ बनेका छन जसले कोरोनाको स्वाब कलेक्सनको जिम्मेवारी निभाएका छन अनि परिवार पनि तिनै बनेका छन जो होटेलको त्यो खानै नसकिने मोटा दाना गरेका भात र पहेलो दाल अनि बिहान बेलुकी सधैभरी पकाउने लौका र सिमिको तरकारी, खाना नरुचेर दिक्क मान्दै भोकभोकै खटिएका यो गर्मीमा पिपिई लगाएर । हो ल्याबको टिम जसको स्वाब परिक्षण रिपोर्ट पुन:जाँचमा पर्यो भनेपछि भलभल आँसु झर्छ अनि नेगेटिभ आयो भनेपछि खुसीले लामो सास फेरिन्छ । अन्तमा मेरा साथिहरुले स्वास्थ्यको बारेमा सोध्ने र आफ्नो केयर गर्नु है भनेर सम्झिएकोमा हार्दिक आभार ब्यक्त गर्दछु । काठमाडौं महानगरका प्रमुखज्यु जो आफै कोरोनाको सिकार बन्नु भएको छ उहाँको मिठासपुर्ण बोली र हामी प्रति देखाउनु भएको माया ममताको सम्मान गर्दछु ।

स्वास्थ्य शाखाका प्रमुखज्यु र कार्यकारी लगायत सम्पुर्ण कर्मचारीबाट प्राप्त सहानुभुती प्रेमको उच्च सम्मान गर्दछु । हामी मैदानमा होमिएका छौ कि सबैलाइ जोगाउँछौ, कि आफै कोरोना सक्रमित बन्छौ निश्चित छ तर मर्दैनौ यो मर्ने रोग हैन हामी डराएका छैनौ । तपाईंहरु जसको घर बाहिर निस्कने काम छैन ननिस्कनुहोस् कोरोनाले मरिदैन तर आइसोलेसनमा बस्नुपर्दा र त्यसबाट उत्पन्न मानसिक पीडाचै सहन सजिलो छैन त्यसैले सजग हुनुहोस घरमै बस्नुहोस, मेरा सम्पुर्ण इष्टमित्र, साथीभाईहरुमा म यहि सल्लाह सुझाब दिन चाहन्छु ।

धन्यवाद ।

लेखिका काठमाडौं महानगरपालिका अन्तर्गतको रामघाट स्वास्थ्य केन्द्रमा ल्याब टेक्निसियनमा कार्यरत हुनुहुन्छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top