२०७८, ४ आश्विन सोमबार

विदुर नगरपालिकामा कोरोनाभाइरस राेकथामका लागि वडास्तरीय समिति गठन

डबली खबर     भाद्र ६ २०७७ १०:५२

bidur drinking water supply in restricted area
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर, नुवाकोट – विदुर नगरपालिकामा कोरोना भाइरस राेकथाम र आकस्मिक रूपमा भइपरि आउने समस्या समाधानकाे लागि वडास्तरीय विभिन्न व्यवस्थापन समितिहरू गठन गरेकाे छ ।

नगरका १३ वटै वडाहरुमा वडाअध्यक्षकाे अध्यक्षतामा वडास्तरीय कोरोना रोकथाम समिति गठन गरिएको छ ।वडाध्यक्षको संयोजनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक/रेडक्रस/गैरससका प्रतिनिधि र प्रहरीको सदस्यतामा समुह गठन भएको विदुर नगरपालिकाका प्रवक्ता एवम् ४ नम्बरका वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धि मार्गदर्शन २०७६ अनुरुप नगरका १३ वटै वडामा वडास्तरीय समुह गठन गर्न प्रति वडा ५० हजार रुपैंयाँ बजेट विनियोजन गरिएको बताए ।

भाद्र ३ गते सदरमुकाम विदुरका एकजनामा कोरोनाको सङ्क्रमण देखा परेसँगै विदुरका विदुरको पुर्व योगा भवन, पश्चिम सिमचौर, उत्तर नेपाल बैंक संचारचोक र दक्षिण मैथली ब्यारेक खोल्सासम्म चार किल्ला सिल गरिएको छ ।

विदुर नपा वडा २ र ४ को संयुक्त समितिको बैठकले उक्त क्षेत्रमा अत्यावश्यक सेवा खानेपानी र औषधिको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म खुकुलो पारिएको उनले बताए । बैठकले सिल गरिएको समयमा आवश्यक अनुसार व्यवस्थापन गर्न वडा अध्यक्षको समन्वयमा पाँच सदस्यीय समितिले सहजीकरण गरिने निर्णय गरेको छ।

सिल गरिएको क्षेत्रमा खानेपानी व्यवस्थापनको लागि विदुर खानेपानी उपभोक्ता समितिको समन्वयमा रावलधाराको पानीलाई पाईप बिच्छाई विन्द्रला चोकसम्म ल्याईएको वडा नम्बर ४ का वडासदस्य बसन्त रिजालले बताए दिए । उक्त खानेपानीको लागि पाईप विदुर नगरपालिकाको समन्वयमा खानेपानी डिभिजन कार्यालय नुवाकोटले उपलब्ध गराएको हो।

विदुर नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारीका अनुसार कन्ट्रयाक्ट ट्रेसीङ मार्फत संक्रमितको सम्पर्क आएका करिब ८० जनाको नमुना स्वाब लिने कार्य सकिएको र नतिजा भने केहि दिनमा आउने जानकारी दिए।

जिल्लामा दिनहुँ संक्रमितको संख्या बढ्दै गईरहेको हुनाले जोखिम न्यूनीकरण गर्न पिसिआर परीक्षण गरिएका नागरिकहरुले नतिजा नआउन्जेलसम्म सेल्फ केयरमा होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

प्रकाशित: भाद्र ६ २०७७ १०:५२

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top