२०७८, ५ आश्विन मंगलवार

नुवाकोटमा बन्दाबन्दीको समयमा १२ सय ५६ जनाले लिए आयुर्वेदिक उपचार

डबली खबर     असार २० २०७७ २१:५१

four people sitting on chair in district ayurved health center nuwakot program
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर, नुवाकोट – बन्दाबन्दीको समयावधिमा १२ सय ५६ जना सेवाग्राहीहरुले उपचार सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख भवानी नेपालले जानकारी दिईन्।

शनिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको जनप्रतिनिधि तथा पत्रकारहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उक्त जानकारी नेपालले दिएकी हुन् । विश्वभर नै कोरोनाको महामारी फैलिएको र एकिन औषधि पत्ता नलागेका तापनि केन्द्रमार्फत् कोरोनाभाइरसको संक्रमण हुनबाट रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधी प्रदान गरिएको बताईन् । साथै जिल्ला विपद व्यवस्थापनको बैठकबाट भएको निर्णयलाई कार्यन्वयन गर्दै जिल्लास्थित क्वारेन्टाइनमा रहेका दुई सय २२ जना व्यक्तिहरुलाई योगा अभ्यासको प्रशिक्षण दिईएको बताईन्।

कार्यक्रममा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष र वडा सदस्यहरुले नीतिगत व्यवस्था अनुसार नागरिकहलाई शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न सक्षम बनाउन आफ्ना वडा र पालिकाका क्षेत्रमा योग केन्द्र स्थापनाको लागि आवश्यक प्रक्रिया मार्फत कार्यक्रम कार्यान्वयनमा लाग्ने जनाएका हुन् । योग केन्द्र संचालनको लागि आवश्यक सहजकर्ता जिल्ला आयुर्वेदबाट व्यवस्थापन गर्न सकिने जनाएको छ ।

कार्यक्रममा स्वस्थ्य नागरिकले देशको विकास निर्माणमा सहभागी हुनसक्ने र आफ्नो गाउँघरमा पाईने जडीबुटीको उचित प्रयोग विज्ञको सल्लाह अनुसार प्रयोग गर्नुपर्ने आयुर्वेद केन्द्रका कविराज निरीक्षक नारायणप्रसाद वस्तीले बताए । स्वस्थ्य रहनको लागि नियमित योग र घरैमै बनेका स्वस्थ्यकर घरेलु खाना खानपानमा ध्यान दिनुपर्ने बताए ।

चालुआर्थिक वर्ष २०७६/०७७ मा चार हजार ९ सय ६२ जनाको नियमित नि:शुल्क स्वास्थ्य परीक्षण गरेको केन्द्रको साथै चिकित्सकको चेकजाँचको आधारमा आयुर्वेद औषधीहरु नि:शुल्क वितरण गरेको उनले बताए । केन्द्रले आवश्यकता अनुसार रोग निदान एवं उपचार व्यवस्थापन, नसर्ने रोग व्यवस्थापनको लागि गाउँघर क्लिनिक कार्यक्रम सम्पन्न गरको गरेको छ। जीवनशैली व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुमा एक घर पाँच जडिबुटी, पाँच योग, पाँच व्यवहार परिवर्तन कार्यक्रम, विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको बताए ।

यस्तै केन्द्रले नगरस्तरमा योगसम्बन्धी कार्य गर्ने संस्थासँग समन्वय र सहकार्य गरि नागरिकलाई नि:शुल्क योग कार्यक्रम, जिल्लाभित्र रहेका स्थानिय परम्परागत स्वास्थ्यकर्मीहरुको जडीबुटी सम्बन्धी ज्ञान सीप अभिलेखिकरण गर्ने कार्यक्रम र नि:शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर गाउँघर शहरी क्लिनिक/नसर्ने रोग व्यवस्थापन गरेको जनाएको छ।

कार्यक्रममा केन्द्रका चिकित्सक निकी महर्जनले कोरोनाभाईरसबाट ईम्युनिपावर बढाउनको लागि आयुर्वेदिक औषधी गुर्जो, अश्वगन्धा, त्रिकुट लगायतका जडीबुटीको बारेमा जानकारी दिईन्।

कार्यक्रममा बजारमा पाइने भ्रमात्मक विज्ञापनको आकर्षणमा परेर आफैं आयुर्वेदिक औषधी किनेर सेवन गर्ने बानी त्यागी चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसँग परामर्श गरेर मात्र औषधी सेवन गर्न अनुरोध गरेको छ ।

नुवाकोटका दुई नगरपालिका र तीन गाउँपालिकामा गरी आठ स्थानहरुमा आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरू रहेको छ । विदुर नगरपालिकाको देवीघाट र कल्याणपुर, बेलकोटगढीको खनायोखर्क, तारकेश्वर गाउँपालिकाको तारुकामा आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरू रहेको छ । यस्तै लिखु गाउँपालिकाको ढिकुरे र थानसिङमा रहेको छ भने तादी गाउँपालिकाको नर्जामण्डप, रालुका र सुन्दरातामेमा आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरू रहेको छ ।

केन्द्रले शिरोधारा, नश्य, शिरोवस्ति, नेत्रतर्पण, स्वेदन, तेल मालिस लगायतका उपचारका प्रक्रियाद्वारा बिरामीलाई सेवा दिदैं आई रहेको छ।

प्रकाशित: असार २० २०७७ २१:५१

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top