२०८१, १३ बैशाख बिहीबार

टोखा-छहरे सुरुङ निमार्णको लागि रु. ६ अर्ब ४२ करोड विनियोजन, आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको पूर्ण पाठ

डबली खबर     जेष्ठ १५ २०७७ २०:४६

Finance Minister Dr. Yubaraj Khatiwada addressing during Parliament budget
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहिबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

आगामी वर्ष माथिल्लो तामाकोशी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोशी र निजी लगानीकतार्बाट साना तथा मझौला आयोजना सम्पन्न गरी कुल १ हजार ३ सय मेगावाट विद्युतीय प्रसारण थप गरिने भएको छ।

मध्यपहाडी क्षेत्रको जनजीवन र आथिर्क गतिविधिमा उल्लेखनीय परिवतर्न ल्याएको निमार्णाधीन पुष्पलाल राजमार्गको बाँकी निर्माण कार्य आगामी तीन वर्षमा सम्पन्न गर्ने गरि रु. ८ अर्ब २७ करोड विनयोजन गरेको छ।

काठमाडौं-नुवाकोट-रसुवा सडकको टोखा-छहरे खण्ड र बेत्रावती-स्याफ्रुवेसी खण्डमा सुरुङ निमार्णको लागि सम्भाव्यता अध्ययन परा गरि निमार्णको कार्यारम्भ गरिनको लागि रु. ६ अर्ब ४२ करोड विनियोजन गरेको छ ।

स्थल यातायातको भरपर्दो र सस्तो साधनको रूपमा रेल्वे सेवा संचालन गर्न पूर्व-पश्चिम विद्युतीय र लोकमार्ग बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गर्न काकडभित्ता-इनरुवा खण्डको निर्माण आरम्भ गर्न, रसुवागढी- काठमाडौं र वीरगन्ज-काठमाडौं रेलमार्गको विस्ततृ सम्भाव्यता अध्ययन कार्य सम्पन्न गर्न दक्षिणी सीमा नाकाबाट पूर्व-पश्चिम विद्युतीय रेलमार्ग इटहरी, निजगढ, बटुवल र कोहलपुर जोड्ने रेल्वे लाइनको निमार्ण गर्न, जयनगर-जनकपुर -बिजलपुरा खण्डमा रेल सेवा सञ्चालन गर्न र बदिर्बास-निजगढ खण्डको निमार्ण कार्य सम्पन्न गर्न रु. ८ अर्ब ६६ करोड विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ बजेट वक्तव्यको पूर्ण पाठ पीडीएफमा पढ्नुहोस्

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top