World Tuberculosis Day 2025
sujim advert

नुवाकोटका एक युवामा कोरोना संक्रमण

डबली खबर     जेष्ठ ११, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

asia nepal bagmati nuwakot coronavirus covid19 update
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – नुवाकोटको ककनी गाउँपालिका-३ चाउथेका एक ३९ वर्षिय पुरुषमा आईतबार कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नुवाकोटमा पहिलो कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

महानगरपालिकाले गत जेष्ठ ६ गते ओखरपौवा सिसडोल ल्याण्डफिल्ड साईड क्षेत्रका १ सय ५२ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएकोमा आज आईतबार संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा रहेको छ ।

जिल्लाभरबाट अहिलेसम्म पिसिआर परिक्षण २ सय ३७ जनामा गरिएकोमा ६४ जनामा नेगेटिभ देखिएको थियो । १ सय ७२ जनाको रिपोर्ट अझै नआईसकेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिएका छन्। आरडीटी परिक्षणमा १५ सय ५५ जनाको परिक्षण गरिएकोमा ३३ जनामा पोजेटिभ देखिएको छ भने १५ सय २२ जनामा निगेटिभ रहेको थियो।

आइतबार जिल्लाभरमा दुई जनाको पिसिआर परिक्षण गरिएको छ भने नमुना स्वाब सङ्कलन गरी केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाईएको छ । यस्तै, १५ जनाको आरडीटी परिक्षण गरिएकोमा सबैको निगेटिभ देखिएको खनालले जानकारी दिए।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top