+
Search

ताजा अपडेट +

पपुलर +

निषेधाज्ञा अवेज्ञा: ६७ जनालाई ठाउँको ठाउँमै होल्ड, १० सवारीसाधन नियन्त्रणमा

district police office nuwakot
डबली खबर
६ साल अगाडी

विदुर – लकडाउनको आज १८ औं दिन, लकडाउनको निषेधाज्ञा अवेज्ञा गरेको भन्दै ६७ जनालाई ठाउँको ठाउँमै केही समय होल्ड गरी पठाईएको छ ।

लकडाउनको पालना नगरी सर्वसाधारणहरु हिँड्न थालेपछि नुवाकोट प्रहरीले लकडाउन पालना नगर्नेहरुलाई समेत कारवाहीको दायरामा ल्याउन थालेको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जनकारी दिए । यसअवधिमा सवारी अनुमति पत्र नलिई सवारीसाधन चलाउने ९ ओटा मोटरसाइकल र एक ओटा स्कुटरलाई नियन्त्रणमा लिइएको छ ।

यसअवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ। औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ। त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीलाई थाहा दिएर जान सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ