२०८१, १९ बैशाख बुधबार

नेप्सेमा भारी गिरावट

    चैत्र २ २०७६ १७:१६

Nepse nepal dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – साताको पहिलो दिन आज नेप्सेमा भारी गिरावट आएको छ । कारोबार बन्द हुँदा परिसूचक ६४.१४ बिन्दुले घटेर १३१३.०४ अंकमा पुगेको छ । यो समग्रमा ४.६६ प्रतिशत हो । त्यस्तै ठूला कम्पनीहरुको कारोबार गर्ने सेन्सेटिभ पनि १२.८८ बिन्दुले घटेर २८२.६२ पुगेको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने २ अर्ब नाघेको छ । कूल सूचिकृत १७४ कम्पनीको करोबारमा २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैंयाँ बराबरको ५५ लाख ७० हजार तीस कित्ता सेयर किनबेच भएको छ ।

सबै भन्दा धेरै गुमाउनेमा बीमा कम्पनी समूह रहेका छन । जीबन बीमा कम्पनी समूहका लगानीकर्ताले ६२१.८८ अंकले गुमाउँदा निर्जीवन वीमा कम्पनीका लगानीकर्ताहरुले ४१६.७३ अंकले गुमाएका छन ।

नेपाल लाईफ, एनआईसि एसिया बैंक र एनएमबी बैंकले सबै भन्दा बढिको कारोबार गरेका छन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top