२०८०, १६ चैत्र शुक्रबार

“छैठौँ महोत्सवले नुवाकोट औद्योगिकीकरणमा जान सहयोग पुग्छ”: ताराबहादुर कार्की

    माघ १५ २०७६ २१:५५

tara bahadur karki nccinuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ

छैठौँ नुवाकोट महोत्सवको विशेषता के हो ?

नेपाल भ्रमण वर्ष २०२०लाई जोडेर कृषिको सम्भावनाको खोजी र कृषिमा लागेका उद्यमीलाई हौसला प्रदान गर्ने कृषि उद्योगको विकास गर्नको लागि महोत्सवले भूमिका निर्वाह गर्नेछ । नुवाकोटमा उद्योगको सम्भावना भर्खरै बढेको छ । त्यसलाई सार्थकता बनाउनको लागि पनि महोत्सवले भूमिका निर्वाह गर्नेछ । उद्योगपतिलाई पनि महोत्सवमा निम्ता दिएका छौँ । उहाँहरु आएर नुवाकोटको सम्भावनाहरुको खोजी गर्नुहुनेछ । अनि त्यसपछि लगानीको वातावरण बन्ने छ भन्ने मैले विश्वास लिएको छु । महोत्सवले कृषि, पर्यटन, उद्योग, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको पहिचानका साथै प्रचार प्रसार र नुवाकोट सम्भावना रहेका पूर्वाधार निर्माण्गर्न आउँदा नुवाकोटमा के के कुराको सम्भावना रहेको छ भनेर बुझ्न पाइन्छ । लगानीकर्ताहरुलाई सहज पनि हुन्छ ।

उद्योगको सम्भावना भर्खरै खुलेको भन्नुभयो कसरी ?

नुवाकोट काठमाडौंसँग जोडिएको हुँदाहुँदै पनि बाहिर जिल्लाबाट जिल्लामा लगानी गर्न डराउने अवस्था रहेको थियो । अहिले नुवाकोटमा पनि नुवाकोटका उद्यागी व्यवसायीहरुले लगानी गर्न चाहनु भएको छ । बाहिरका उद्योगीले बत्ति पानीको सुविधा र रसुवागढी ठोरी नाका सञ्चालनमा आएसँगै सम्भावना बढेर गएको छ । म निर्वाचित भएर आएसँगै यसतर्फ मैले धेरै पहल गरेको छु । यो पटक सफल हुन्छ भन्ने मलाई लागेको छ ।

नेपाल भ्रमण वर्षलाई कसरी सहयोग पुग्छ यो महोत्सवले ?

सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरी सँगै पर्यटन विकासमा अघि बढाएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सरकार मात्र होइन, सबै क्षेत्रको सहकार्यलाई अपरिहार्य बनाएको छ । पर्यटन सम्भावनाको खोजी गर्ने हिसावले यो महोत्सव निकै महत्वपूर्ण हुनेछ । हाम्रो धर्म, संस्कृति रितिरिवाज, नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारमा महोत्सवले ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास मैले गरेको छु । नुवाकोटमा अहिले आन्तरिक पर्यटनको बढ्दो अवस्थालाई यहि महोत्सवहरुको पनि प्रमुख योगदान रहेको छ ।

यो महोत्सवमा विशेषगरी के हेर्न पाइन्छ ?

अहिले पहिलोदेखि पाँचौसम्म महोत्सव सञ्चालन गर्दा हामीले स्थानीय उत्पादन नै प्रर्दशनीमा राख्न खाजेका हाँै । पहिले स्थानीय तह थिएनन् । अहिले पाँचपाँचवटा स्टल निःशुल्क उपलब्ध गराएर उत्पादन भएका कृषि उपज राखिनेछ । र आउने पाहुनाले हेर्नेछन् र नुवाकोटको सम्भावनाहरु पत्ता लाग्नेछ । पृथ्वीनारायणको रुप धारण भएको लत्ताकपडा लगाएर इतिहास देखाउने छौँ ।

उद्योग वाणिज्य संघले महोत्सव मात्रै गर्छ व्यापारीको हकहित गर्दैन भन्ने आरोप छ नी ?

त्यो त भोलाजी, मन नपर्ने मान्छेको सास नै गन्हाउँछ रे । शरणउत्सुकले दुई पटकसम्म महोत्सव गरेर नुवाकोटमा इतिहास नै रच्नु भयो । तर, ती महोत्सवमा नाफा भएन बरु घाटा नै भयो । त्यसपछि राजन श्रेष्ठको पालामा भएको महोत्सवले केही फाइदा भयो । चौथौ महोत्सव मैले गर्दा बजारमा सुरक्षाको लागि सिसिटिभि राख्ने काम भएको छ । पाँचौ महोत्सव गर्दा भएको आम्दानीले हामीले नुवाकोट उद्योग वाणिज्य संघको भवन विस्तार गर्ने काम गरेका छौँ । पिपलटारमा हामीले जग्गा पनि किनेका छौँ । हिसाव कुनै अपरदर्शी छैन ।

महोत्सव मात्रै सञ्चालन गर्दा यसको महत्व घट्दैन र ?

होइन, हरेक वर्ष महोत्सव गर्दा महत्व घट्दैन बरु नुवाकोटको पहिचानमा थप प्रचारप्रसारमा थप सहयोग पुग्छ । हामीले अहिलेको महोत्सवलाई व्यापकतामा जोड दिएका छौँ । यसको महत्व बढाउनका लागि हामी प्रयासरत छौँ ।

महोत्सव मनोरञ्जन केन्द्रीत भयो भन्ने आरोप छ नी ?

मैले अघि पनि भनेँ पहिले भन्दा यो पटक महोत्सव फरक हुनेछ । कृषि क्षेत्र र नुवाकोटका कृषि प्रदर्शनीको मात्रै ६० वटा स्टल रहने छ । होत्सवमा स्वभाविक रुपमा रमाइलो पनि गरिन्छ । तर, सबै कार्यक्रम रमाइला मात्र छैनन् । रमाइलो हेर्न आउने आन्तरिक पर्यटकहरुले गर्ने आर्थिक क्रियाकलापले नुवाकोटलाई फाइदा पुग्छ । यस पटक हामीले नुवाकोटका उत्पादनहरुलाई खोजी खोजी स्थान दिन लागेका छौँ ।

यो महोत्सवमा कति फाइदा हुने अनुमान गर्नुभएको छ ?

महोत्सवबाट फाइदा भन्दा पनि नुवाकोटको औद्योगिकिकरणमा कस्तो योगदान दिन सक्यो ? कसरी फाइदा हुन सक्यो भन्ने महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ । यस पटक एक लाख भन्दा धेरै अवलोकनकर्ता भित्र्याउनको लागि तयारी भइरहेको छ । हाम्रो उद्देश्य पूरा हुन्छ नै । ७७ जिल्लाबाट हामीले पाहुना बोलाएका छौँ । जिल्लाबाट आउने व्यावसायीहरुले नुवाकोट हेर्नुपर्छ, नुवाकोटमा लगानी बढाउनुपर्छ भनेर भन्नु भएको छ । त्यसैले हामीले सोचेभन्दा धेरै अवलोकनकर्ता नुवाकोट आउनुहुन्छ ।

यति धेरै अवलोकनकर्ता कसरी ल्याउनुहुन्छ ?

हामीले दर्शक आकर्षित गर्न धेरै आधारहरु तयार पारेका छौँ । महोत्सवमा हामीले स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिने र प्रदर्शनीसहित विक्री गर्नेछौँ । जिल्लाका १२ वटा पालिकाबाट पाँच पाँच वटा स्टल राख्दा पनि त्यहाँ स्थानीय तहको पूर्ण प्रतिनिधित्व र प्रचारप्रसार हुन्छ । त्यसैले हामीले हाम्रो उद्देश्यले पूरा गर्देछौँ ।

अन्तमा नुवाकोटवासीलाई के भन्नुहुन्छ ?

यस पटक सबै गरेर दुई सय ५० स्टल रहने छ । छैठौ महोत्सव नुवाकोट उद्योग वाणिज्य संघको मात्र होइन, सबै सरकार निकाय, सरोकारवाला धर्म, संस्कृतिमा लागेका सबैको हो । सबै नुवाकोटवासीको महोत्सव हो भनेर सन्देश हामीले दिएका छौँ । निजी क्षेत्रको मात्र महोत्सव होइन । त्यसैले यो महोत्सव सफल बनाउन सबै पक्ष एक जुट हुनुपर्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top