sujim bazar advert

“जनप्रतिनिधि नीतिगत बिषयमा विज्ञ हुनुपर्ने”: उपाध्यक्ष लामा

    पुस ५, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

shanti lama nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

देउराली – म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति लामाले संघियताले पालिकाका अध्यक्ष/उपाध्यक्ष नीतिगत बिषयमा विज्ञ हुनुपर्ने परिकल्पना गरिएकोमा आफुहरु अझै सिकाईकै क्रममा रहेको बताउनुभयो ।

म्यागङ गाउँपालीकाको आयोजना निर्माण सम्बन्धी उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्षले उक्त बताउनुभएको हो । संविधानले व्यवस्था गरेको अधिकारलाई जिल्लामै ज्ञान केन्द्र तथा डिभिजनको नाममा अधिकारहरु कुण्ठित गरेको धारणा व्यक्त गर्नुभयो ।कर्मचारी अभाव हुँदा पनि पालिकामा भएको स्रोत र साधनले भ्याएसम्म नागरिकलाई सेवा दिँदै आईरहेको बताउनुभयो । जसले गर्दा नागरिकहरुलाई सुशुकृत तथा व्यवसायिक बनाउन पहुँच पुग्न नसकिरहेको बताउनुभयो ।

aasha tamang chairman meghan rural municipality

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ

कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङले “समृद्ध म्यागङ खुशी म्यागङ” बनाउनको लागि पालिकास्थित सम्पूर्ण व्यवसायिक तथा उद्यमी पेशा अंगाली समग्र पालिकाको आर्थिक क्षेत्रमा लागिरहेका व्यवसायको प्रवर्द्धनका लागि आवश्यक निति निर्माणमा लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनउत्तरदायी संयन्त्र गाउँघरमै स्थापित भैईसकेको अवस्थामा व्यवसाय सञ्चालनकाे लागि व्यवसायीक योजना प्रस्तुत गरिएको खण्डमा पालिकाले अनुदान प्रदान गरिने बताउनुभयो ।

tara bahadur karki ncci nuwakot

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की

शनिबार नुवाकोट उद्योग वाणिज्य संघको समन्वय तथा पुर्णिमा कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसाय तथा उद्योग संचालन/स्तरोन्नतिका लागि व्यवसायिक प्रवर्द्धनमा आईपर्ने समस्यामा जुनसुकै अवस्थामा पनि संघले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालीकाका प्रमुख प्रशाशकिय अधिकृत प्रमोद तिमल्सिनाले पालिकामा ६० उद्योग व्यवसाय दर्ता भैईसकेको हुनाले व्यवसायीको लागि निती, व्यवसाय प्रवर्द्धन तथा व्यवसायिक हकहितको लागि आपतकोष पनि संचालन गरिन लागिएको जानकारी दिनुभयो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) का अधिकृत युधिष्ठिर शर्माले उद्यमी उत्पादन तथा स्तरोन्नति र स्थानियतहबाट मेडपा कार्यक्रम कार्यान्वयन गरिने विषयमा सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा पुर्णिमा कार्यक्रमको वारेमा पुर्णिमा कार्यक्रमका चक्रपाणि तिमल्सिनाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पुर्णिमा कार्यक्रम संयोजक घनेन्द्र प्रसाद रिजालले वाणिज्य संघको तर्फबाट व्यवसायिका लागि गरिरहेको कार्यपत्र तथा भावी योजना बारे जानकारी गराउनुभएको छ । ईलम प्रशिक्षण केन्द्रमा रहेको व्यवसाय सहायता कक्षले व्यवसाय संचालनको लागि आवश्यक सहयोग निशुल्क गरिँदै आएको हुनाले सेवाग्राहीलाई लाभ लिन सकिने बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना विकास समितिका निमित्त कार्यालय प्रमुख विनोद अधिकारीले व्यवसाय दर्ता मापदण्डबारे प्रकास पार्नुभएको थियो ।

मेरो माईक्रोफाईनान्सका अनुगमन अधिकृत सरोज पण्डितले  नयाँ व्यवसाय संचालनका लागि आवश्यक बित्तिय पहुँच, ऋण प्रक्रिया, बैंकिंङ सेवा विषय लगायतकोमा जानकारी गराउनुभएको छ ।

कार्यक्रममा सहभागिहरुले उद्यमी बन्न व्यवसाय दर्ता प्रक्रियामा रहेका नितिगत सवालको समस्या समाधानको लागि जिज्ञासा राखेका थिए ।

कार्यक्रममा निर्माण सम्बन्धी उद्योगी व्यवसायिका लागि वित्तिय साक्षरता तथा पहुँच अभिवृद्धि, उद्योग व्यवसाय दर्ता नविकरण तथा अन्य कानुनी प्रक्रिया र पुर्णिमा: कार्यक्रमका गतिविधिको बारेमा जानकारी गराएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top