२०८१, ७ बैशाख शुक्रबार

चिसो मौसममा बिहानै एक गिलास मनतातो पानी पिउनुको ५ अविश्वसनीय फाइदा

    मंसिर ३० २०७६ २१:०४

hot water health benifits
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

स्वास्थ्यका लागि दैनिक ३ लिटर पानी पिउनु अत्यन्त जरूरी छ । पानीले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।

चिसो मौसमको समयमा बिहानै एक गिलास मनतातो पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।

पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।

छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।

मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।

भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।

रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top