२०८१, १४ बैशाख शुक्रबार

दशैँका लागि नयाँ नोट वितरण असोज १४ गतेबाट

    भाद्र २३ २०७६ १४:२८

nepalese new rupees
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नेपालीहरुको महान चाड दशैँका अवसर पारेर नेपाल राष्ट्र बैंकले नयाँ नोट आगामी असोज १४ गतेबाट वितरण सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई पनि सटही सुविधा दिने भएको छ । निजी क्षेत्रका बैंकले भने निश्चित रकम मात्र सटहीका लागि पाउनेछन् । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म मात्र उपलब्ध गराउन सक्नेछ ।

यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट साट्ने गर्थ्यो । यस वर्षदेखि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंककृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । राष्ट्रबैकले तीन सरकारी बैंकमार्फत पैसा साटन आउने सबैलाई आवश्यक रकम उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top