sujim bazar advert

एनआइसी एसियाले थप्यो ५ नयाँ शाखा

    बैशाख १४, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

nic asia bank trishuli branch inauguration from mayor of bidur municipality sanju pandit
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / एनआईसी एशिया बैंकले दुई दिनमा ५ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गर्दै नुवाकाेटकाे त्रिशुली र बेत्रावतीमा २ र बिहिबार काठमाडौं उपत्यकाभित्र २, पर्साको जगरनाथपुरमा १ गरि ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले संचालनमा ल्याएको त्रिशुली शाखा कार्यालयको विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले र बेत्रावती शाखाको विनपा-१० का वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गरेका हुन ।

त्यस्तै, मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठले र चागुँनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि केसीले उद्घाटन गरेका हुन । यस्तै पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरेका हुन ।

बैंकको शाखा संख्या २ सय ८१ पुगेको छ। बैंकका २ सय  ८९ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ सेवा केन्द्र छन्।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top