२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

एनआइसी एसियाले थप्यो ५ नयाँ शाखा

    बैशाख १४ २०७६ ०५:५२

nic asia bank trishuli branch inauguration from mayor of bidur municipality sanju pandit
pratik book and stationery center in nuwakot

विदुर / एनआईसी एशिया बैंकले दुई दिनमा ५ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गर्दै नुवाकाेटकाे त्रिशुली र बेत्रावतीमा २ र बिहिबार काठमाडौं उपत्यकाभित्र २, पर्साको जगरनाथपुरमा १ गरि ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले संचालनमा ल्याएको त्रिशुली शाखा कार्यालयको विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले र बेत्रावती शाखाको विनपा-१० का वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गरेका हुन ।

त्यस्तै, मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठले र चागुँनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि केसीले उद्घाटन गरेका हुन । यस्तै पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरेका हुन ।

बैंकको शाखा संख्या २ सय ८१ पुगेको छ। बैंकका २ सय  ८९ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ सेवा केन्द्र छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top