२०८१, १४ बैशाख शुक्रबार

स्मार्ट लाइसेन्सको जानकारी मोवाइलबाटै थाहा हुने

    फाल्गुन ५ २०७५ १२:२१

smart driving licence sample nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।

विभाग र स्प्यारो एसएमएस प्रालिको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स् नविकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको विभागले जनाएको छ ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID ) ३३००१ मा एसएमएस पठाउन सकिनेछ । एसएमएस पठाउनासाथ उतिर्ण वा अनुत्तिर्ण भएको जानकारी एसएमएस पठाउने व्यक्तिको मोबाइलमा आउने छ ।

आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिने छ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top