काठमाडौ त्रिशुली जाने राजमार्ग तथा मध्यमहाडी राजमार्गको काखैमा अवस्थित छ भने मानव अतिक्रमणबाट अहिलेसम्म भर्जिन नै छ । प्रकृतिको अनुपम देनको रुपमा नुवाकोट मात्र नभई सिन्धुपाल्चोक, काठमाडौ, रसुवाका अग्ला चुचुराहरुलाई नजिकैबाट रसस्वादन गर्न सकिने यस स्थान साच्चै विश्वको सगरमाथालाई समेत त भन्दा म के कम भनि प्रतिस्प्रधामा उभिएको भान हुन्छ ।
यहि मसिर ८ गतेका लागि राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारण सभा शिवपुरी गाउपालिकाको सुइरे चौरमा तय गरिएको रहेछ । म नुवाकोट बासी हुदा पनि त्यस स्थानमा जाने र बुझ्ने अवसर मिलेको थिएन । तर संयोग नै मान्नुपर्छ । कर्मचारी समाज नुवाकोटले आफ्नो साधारण सभा त्यहि स्थानमा राखेर यो मौका मिलाई दियो त्यसको लागि आयोजक साथी विशेष गरी स्थान छनौटमा भुमिका खेल्ने साथीहरुलाई सादुवाद भन्न चाहन्छु । ८ गते विहानै नुवाकोटे कर्मचारीहरुलाई भेट्न पाउने आशाका साथ ७.३० बजे विहानै वि.पि अस्पतालको गेटमा नै जम्मा हुन पुगे म पनि । बषौदेखि भेट नभएका साथीहरुसंग भेट्दाका अनुभुति साच्चै स्वर्गमय लाग्दो रहेछ । ५०-६० जना कर्मचारी साथीहरुको भिडबाट म, पूर्व सचिव तुलसी सिटौला, पशुपति महत, राजकुमार पुडासैनी, शंकर पाठक, नवराज सापकोटा, सहित कृष्ण पुडासैनीको सावारी साधानमा लिफ्ट माग्दै गन्तव्य स्थान तर्फ लाग्योै । बाटोभरी ३० औ बर्षसम्मको अनुभव नै अनुभवले भरिएको तुलसी सरको ज्ञानलाई शेयरिङ गर्दै थियौ । टोखा छहरे सुरुङ मार्गको कुरा देखि मध्यपहाडी मार्ग र नुवाकोटको विकासलाई एक पटक यि दुई परियोजना सम्पन्न भएपश्चातको अवस्थासंग साक्षत्कार गर्दै गन्तव्यलाई छोट्याउदै थियौ । हामी थोरै समयको दौरानमा पनि नुवाकोटको विकाससँग चिन्तित थियौ हुनत चिन्ता र चासोबाट नै भविष्यको योजनाको मार्ग प्रशस्त हुन्छ । यात्राकै दोैरानमा नुवाकोटे प्रवत्ति र नुवाकोट बाहिरको मान्छेको नुवाकोटबासी प्रतिको बुझाईको समिक्षा गर्यौं । सरकारी सेवामा नुवाकोटेको प्रतिनिधित्वको दयालाग्दो अवस्थालाई एकपटक फेरी समिक्षा गरयौ र प्रतिनिधित्व बढाउनकै लागि राष्ट्रसेवक कर्मचारी समाजले खेल्नुपर्ने भूमिकाको सकेत गर्यौ । त्यसै बखत तुलसी सरले विगतमा तत्कालिन मुख्य सचिव लिलामणि पौडेलले भन्नुभएको कुरालाई दृष्ठान्तको रुपमा लिदै नुवाकोटका शिक्षित यूवामा आफ्नौ क्षमता प्रति विश्वास गर्दैनन् र सरकारी सेवामा प्रवेश पाउन नेताको पावरमा मात्र संभव छ भन्ने दृष्ठी भ्रममा रहेका छन् । जुन भ्रमकै कारण सरकारी सेवामा यस जिल्लाबाट न्यून उपस्थिति रहेको निष्कर्ष निकालियो । त्यतिनै खेर मेलै मेरो विगतलाई साथीहरु माझ सुनाए । म वि.स २०५५ मा लोकसेवा उर्तिण भए लगतै धेरै नेताहरुले तछाड मछाड गर्दै त्यसको क्रेडिट लिन प्रतिस्प्रर्धामा उत्रिएको कुरा । हाम्रो समाज र छरछिमेकीले पनि हाम्रो क्षमता र लोकसेवा प्रति भरोसा गर्दैन जस्ले गर्दा लोकसेवाको तयारीमा भन्दा पनि नेताको झोला बोक्नमा नै आफ्नो अमुल्य समय खेर फाल्दै आएका छन् भन्नेमा हाम्रो ७ भाइको यात्राको निचोड रहयो । त्यतिबेला हाम्रो गाडी शिवपुरीको उच्च स्थानमा पुगिसकेको थियो । सुर्यको बिहानको मधुर किरण जव हाम्रो गाडीको सम्मुख भयो तत्पश्चात हाम्रो छलफलको विषयले धार परिवर्तन गर्न बाध्य बनायो । नुवाकोटको सुन्दर पहाडहरु हामीहरुलाई स्वागत गर्न तैनाथि रहेको सजिलै अनुभुत गर्न सकिन्थ्यो । मानौकी हामी ती स्वागतमा अटर रुपमा उभिएका पहाडहरुको लागि ठूलै परिवर्तनका वहक हौ । ती नुवाकोटको सरदभित्रका सुन्दर पहाडहरु, समथर भुभाग अनि कलकल बगेका पानीका छटाहरुले हाम्रो उपस्थितिलाई साच्चै गिज्याएको भान हुन्थ्यो । राष्ट्रका विभिन्न निकायमा कार्यरत हामीहरु साच्चै आफ्नो जन्मभूमी प्रतिको उत्तरदायित्व पुरा गर्न काविल रह्यौ त? यस प्रश्नले मलाई सोच्न बाध्य बनायो भने हाम्रो यात्रामा सगै रहेको टिमका साथीहरुलाई पक्कै पनि बनाएको हुनुपर्छ । हो यहि संघारमा हामी सुइरे चौर जहा पारिलो सुर्यका किरणले हामीलाई स्वागत गर्न आतुर अवस्थामा पायौ । जव हामी सुर्यचौर पुग्यो हामीमा एक किसिमको भिन्न अनुभुति भयो ।

हो “सुइरे चौर” काठमाण्डौको समिपमा नै रहेको रमणिय स्थान जुन चाही काडमाडौको सामाखुसी चोक देखि १२-१३ कि.मिको दुरीमा अवस्थित छ । बढो मनमोहक र शिवपुरी राष्ट्रिय निकुन्जकै काखमा अवस्थित यस स्थान नाम झै सुर्यको नजिक पुग्ने नेपालको कमै स्थानहरु मध्येको एक हो भन्न सकिन्छ । बिहानीको सुर्यको मधुर किरणसंगै रम्न होस वा अस्थाउदै गरेको सुर्यलार्ई नजिकबाट चुम्नकै लागि पनि यो स्थान सवैको छनौटमा पक्कै पर्ने देखिन्छ । यो स्थान अहिलेसम्म मानविय कोलहालबाट अलि टाडा अनि सुन्दर हिमश्रृखलाको दृष्यवलोकन कै लागि प्रकृतिले निर्माण गरे झै पायौ । यो स्थानलाई प्राकृतिक सुन्दरताको हिसावले जति नै बर्णन गरेपनि पुग्दैन । शिवको पुरी बैकुण्ठपुरी नगरी झै अनुभुत हुने यस स्थान काठमाडौ त्रिशुली जाने राजमार्ग तथा मध्यमहाडी राजमार्गको काखैमा अवस्थित छ भने मानव अतिक्रमणबाट अहिलेसम्म भर्जिन नै छ । प्रकृतिको अनुपम देनको रुपमा नुवाकोट मात्र नभई सिन्धुपाल्चोक, काठमाडौ, रसुवाका अग्ला चुचुराहरुलाई नजिकैबाट रसस्वादन गर्न सकिने यस स्थान साच्चै विश्वको सगरमाथालाई समेत त भन्दा म के कम भनि प्रतिस्प्रधामा उभिएको भान हुन्छ । यहि स्थानमा राष्ट्रसेवक कर्मचारी समाजको तेस्रो साधारण सभाको साथसाथै बनभोज कार्यक्रम यहि स्थानमा सुरु हुदै थियो । यहि स्थानबाट कर्मचारी समाजले आगामी दुई बर्षको लागि नया नेतृत्व र कार्यक्रम समेत पास गर्र्दै गर्दा यहाको प्राकृतिक सुन्दरतालाई कोरीपाटी गरी थोरै श्रृगार गर्ने कार्यमा ती नेतृत्व बर्गलाई फेरी झक्भकाइरहेको भान हुन्थ्यो । लाग्थ्यो यो चौरले ए राष्ट्रसेवक हो मेरो लागि पनि त केही सोचि देउ भनेर हामीसंग आशा र भरोषा गर्दैछ भन्ने अनुभुत सजिलै गर्न सकिन्थ्यो । हो पनि सुन्दतायुक्त यो स्थानलाई विदेशीको समझ्मा पुरयाउन सकिएको छैन । आगमनलाई सहजीकरण गर्न शिवपुरीभित्रको बाटोलाई फराकिलो बनाउदै नवआगन्तुको मनोरम क्रिडास्थल बनाउन सकिएको छैन । खानेपानी र बनभोजकै लागि केही पूर्वाधारहरु भएको देखिदैन । यो आफैमा भ्यूटावर भएता पनि टेलिस्कोप जस्ता यन्त्रको जडान गरी मनोरम हिमश्रृखलाको रसस्वादन गराउने कार्य हुन सकेको छैन । मनोरमताको स्वादन गर्न आउने पाउनालाई केही दिन त्यहि रहेर सुर्यदयको रसस्वादन गराउन आवश्यक बासस्थानको व्यवस्था छैन । चिसो हावापानी फल्ने फसलद्धारा अतिथिलाई सत्कारमा गर्ने बाताबरण बनेको छैन । नुवाकोटकै चिनारी बनेको स्ट्रबेरी र ट्राउट माछाको पर्याप्त संभावना रहको यो स्थानमा उक्त खेतीलाई प्रवद्धन गर्न सकेको छैन । यस्तो सम्भावनायूक्त यो स्थानको सहि सदुपयोग गर्न सकेको खण्डमा नुवाकोटको अर्थतन्त्रमा केही भरथेक हुने कुरामा शंका छैन तर यसको प्रवद्धनमा नेतृत्वदायी भूमिका खेल्न हामीलाई आग्रह गर्दै गरेको अभास हुन्थ्यो त्यस समयमा सुइरे चौरले ।

साधारणसभा अनि नेतृत्व चयन, अनि मनोरन्जनका रुपमा नाचगानसंगसगै सयमले नेटो काटी सकेको हामीले पत्तै पाएनौ । घडीको सुईले ५ बजाइ सकेछ अनि खानापछी हामी फेरी त्यो मिठो कर्मचारी साथीहरुको साथ र सुइरे चौरको ममतामयी आथित्यताबाट छुटिट्नै पर्ने अवस्था आयो अनि हामी पनि बिहान कै टिमलाई लिएर करिव ३ कि.मिको दुरीको असहज बाटोको बहानमा त्यो सुन्दर प्राकृतिक छटाहरुलाई निगाल्दै अगाडि बढ्यो । अनि शिवपुरीको भन्ज्याङमा पुग्यो र गाडीमा समाएर काठमाडौ जहा कोलहालपुर्ण बाताबरण छ हो त्यतै तर्फको यात्रा सुरु गरयौ । बाटोमा सुइरे चौरको यादले सताइरहेको थियो । अनि फेरी पनि साथीहरु वीचमा यसको चर्चा सुरु गरयो अनि यसको संभावनालाई उजागर गर्दै यसबाट नुवाकोटले लिन सक्ने फाइदा र हाम्रो दायित्वको बारेमा छलफल गदैगर्दा काठमाडौ आइपुग्यौ र आ-आफ्ना डिउटीलाई सम्झदै आ-आफ्नो बासस्थान तिर लाग्योै तर त्यो सुइरे चौरको अनुपम याद लिएर त्यसको लागि केही गर्ने संकल्प लिएर ।
हो सुइरे चौर जस्ता अनगिन्ति प्राकृतिक धरोहरहरुले भरिपुर्ण नुवाकोटको विकासमा तपाइ र हामी सवैको त्यतिकै दायित्व र जिम्मेवारी छ तर त्यसको लागि हामीमा जन्मभूमी प्रतिको माया पहिलो सर्त हुन आउछ । थोरै रकमको जोहगरेर काठमाडौ पलायन हुने सस्कार नै नुवाकोटको विकासको बाधक भएको हुदा जिल्ला छोडेर बाहिर बस्ने सवै जिल्लाबासीमा मातृभूमी प्रतिको कर्तव्य पुरा गर्न पनि सुइरे चौर जस्ता प्राकृतिक सम्पदाहरुको प्रवद्धनमा लाग्नुपर्ने कुरामा हाम्रो यस यात्राले बोध गराएको छ । यस अवसरको लागि फेरी पनि कर्मचारी समाजका पदाधिकारी प्रति हार्दिक नमन गर्दछु ।


प्रतिक्रिया