२०८१, ११ बैशाख मंगलवार

वृक्षारोपण अभियान सुरु

    श्रावण २ २०७५ १४:५६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । “स्वच्छ, सफा, सुन्दर र हरियाली नगरको परिकल्पना” मूल नारासहितको खाली जग्गामा वृक्षारोपण गर्ने अभियान सुरु भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं ४ बाराही क्षेत्रमा आज वृक्षारोपण गरिएको छ ।

विदुर नगरपालिकाको आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडाले रुख बिरुवाले नगरको सुन्दरता बढ्ने भन्दै वृक्षारोपण अभियानलाई निरन्तता दिनुपर्ने बताउनुभयो ।

Image may contain: 1 person, smiling

Image may contain: 6 people, including Sanju Pandit, people smiling, people sitting and outdoor

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, नेपाली सेनाका गणपति,  विदुर नगरपालिका प्रमुख सञ्जु पण्डित, विनपा वार्ड नं. ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, राजनीति दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

नगरभित्रका खाली जग्गामा वृक्षारोपण अभियान संचालनको थालनी आजबाट गरिएको विदुर नगरपालिकाका उपप्रमुख गिता दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम सैन्य तालिम केन्द्र, विदुरको सहआयोजना र विनपा वार्ड नं. ४ को संयोजनमा भएको वृक्षारोपणमा विभिन्न प्रजातिका पन्ध्र सय बिरुवा रोपिएको विदुर नपा वार्ड नं. ४ कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top