२०८१, १३ बैशाख बिहीबार

वैदेशिक रोजगारीबाट फर्केएका युवाहरूको राष्ट्रिय भेला काठमाडौमा सम्पन्न

    असार २८ २०७५ १०:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौ । वैदेशिक रोजगारीबाट नेपाल फर्केकाहरुलाई राज्यको निति तथा कार्यक्रमसँग जोडने उदेश्यले राष्ट्रिय भेला आज काठमाडौको राष्ट्रिय सभागृहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजनामा भएको छ ।

राष्ट्रिय भेलामा प्रमुख आतिथ्यता नेपाल सरकारका श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट रहेको थियो । नेपाललाई बदल्न युवाशक्तिको महत्त्वपूर्ण भुमिका हुने र अहिले नेपालको श्रम बजारमा श्रमिक अभाव रहेको र तर यहाँका युवाहरु नेपालमा नै रोजगारी नभएर खोजी गदै बैदेशिक रोजगारीमा गईरहेको अबस्थामा भएको सरकार देशमा नै रोजगार सिर्जना गर्न लागि परेको प्रधानमन्त्रि रोजगार कार्यक्रम र स्थानीयतहका सबै स्थानमा रोजगारी सुचना केन्द्र सञ्चालन गरि नेपालमा बैदेसिक रोजगारी क्षेत्र मा देखिएको विकृति हटाउन सरकार लागि परिरहेको बताउनुभयो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले देश निर्माण र समृद्धिमा युवाहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र डा. रमेस पौडेलले वैदेशिक रोजगारीको विगत वर्तमान र नेपालीहरुले विदेसमा भोग्नु परेको समस्या नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र विदेसबाट फरकिएकाहरुलाई सामुहिक लगानीमा काम गर्न सहज हुने जस्तो बिषयहरुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालीहरुको श्रमशक्ति वैदेशिक रोजगारमै खर्चिएको र नेपाल सरकारले उक्त श्रमशक्ति प्रयोग गरेर देश विकास र समृद्धिमा पुर्याउन नसकेको गैर आवासीय नेपाली संघका अध्यक्ष भूवन भट्टले धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैदेसिक रोजगारी प्रबाँस बाट फर्केका विभिन्न ब्यक्ति हरुले मन्तब्य राख्दै सरकारलाई नेपाल मा बिदेश बाट सिकेको सिप दक्षता प्रविधिलाइ सदुपयोग गरि विभिन्न क्षेत्रमा लगानी गरि देस लाई समृद्धि मा पुयाउन काम गर्ने बाताबरण निर्माण गरिदिन आग्रह गरेको थिय।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङगेल, डा. जीवन बानियाँ लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रथम राष्ट्रिय भेलामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले राष्ट्रिय सभागृहमा हलभरि खचाखच भरिएको थियो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top