२०८१, १४ बैशाख शुक्रबार

स्थानीयतहमा शाखा खोल्न राष्ट्र बैंकको स्वीकृती नचाहिने, प्रत्येक प्रदेशमा बैंकको प्रादेशिक कार्यालय

    असार २७ २०७५ २०:४२

central bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । महानगरपालिका र नगरपालिकाबाहेक नेपालका अन्य स्थानीयतहमा बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारका लागि नेपाल राष्ट्र बैंकको स्वीकृती लिन नपर्ने भएको छ ।

राष्ट्र बैंकले बुधबार आर्थिक बर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।

यसका साथै मौद्रिक नीतिले आगामी आर्थिक बर्षभित्र वाणिज्य बैंकहरुलाई पनि प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने नीति लिएको छ ।

उक्त व्यवस्थाबाट सबै प्रदेशहरुमा बैंकिङ सेवा सरल र प्रभावकारी हुनुका साथै वित्तीय पहुँच र समावेशिता विस्तारमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ । यसैगरी मौद्रिक नीतिमा माध्यामिक विद्यालय तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई बैंक खाता खोल्न पनि प्रोत्साहन गरिने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top