२०८१, १३ बैशाख बिहीबार

बेलकोटगढी नगरपालिका: ६६ करोड ८६ लाख १३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव

    असार १० २०७५ १७:५९

belkotgadhi nagarpalika
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेलकोटगढी / बेलकोटगढी नगरपालिकाको आगामी वर्षको लागि निति तथा कार्यक्रम पारित भएको छ । बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६६ करोड ८६ लाख १३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

नगरसभामा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आन्तरिक राजश्व, राजश्व वाँडफाँड , वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, सामाजिक सुरक्षा अनुदान सबै शिर्षकमा सो बजेट प्रस्ताव गरेको हो ।

नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले करको दायरा बढाउने, नागरिकलाई असहज हुने उद्योग बन्द गर्ने, चौतारो जनगुनासो कार्यक्रम लागू गरी नागरिकका समस्या सुन्ने जस्ता कार्यक्रमहरु लागू गरिने बताउनुभयो । प्रमुख खनालले प्रस्तुत गरेको कार्यक्रममा नगरपालिकालाई तरकारी तथा खाद्यान्नमा आत्मनिर्भर बनाउने, कफि, चिया, किवी खेतीमा जोड दिने, एक वडा एक सहकारी कार्यक्रम लागू गरिने, उत्कृष्ठ करदाता सम्मान कार्यक्रम, नगरपालिकामा तीन वटा प्राविधिक शिक्षालय स्थापना गर्ने, एम्वुलेन्स खरिद गर्ने, खेलाडी सम्मान गर्ने, नगरपालिका सडकहरुलाई गुरुयोजना बनाएर स्तरोन्नतीको कामलाई अघि बढाउने, भुकम्पपीडितको समस्या समाधानको लागि समन्वय गर्ने, एक वडा एक एकीकृत वस्ती निर्माण अभियान सञ्चालन गर्ने, एक घर दुई रुख एक घर पाँच गमला कार्यक्रम लागू गर्नेजस्ता निति नगरपालिकाले आत्मसाथ रहेका छन् ।

यस्तै नगरपालिकाको प्राथमिकतामा नगरपालिकाको गतिविधिलाई आम सर्वसाधारणसम्म पु-याउनका लागि नेपाल पत्रकार महासंघसँग चौमासिक रुपमा जानकारी गराउने, स्थानी सञ्चार माध्यमकको प्रयोग गरी महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्ने र नगरपालिकाले एफएम रेडियो स्थापना गर्ने निति नगरपालिकाले लिएको छ । नागरिकबाट प्राप्त हुने जनगुनासोको संवोधन गर्न हरेक वडामा गुनासो पेटिका राखिने उल्लेख गरिएको छ । हरेक वडामा होमस्टे सञ्चालन गरी पर्यटन विस्तारमा अघि बढ्ने नगरपालिकाले निति बनाएको छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको विकासको लागि सीमित बजेटबाट नगरपालिकाले आफ्ना कार्यक्रमहरुलाई अघि बढाएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद केशवराज पाण्डेले संविधानले दिएका अधिकार प्रयोग गरी समृद्ध नगरपालिका निर्माणमा जनप्रतिनिधिहरु लाग्नुपर्ने सुझाव दिँदै सीमित बजेटबाट पनि महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सकिने बताउनुभयो । उहाँले कानुनको परिधिभित्र रहेर विकास निर्माणका कार्यक्रमहरु सञ्चालन गर्न र सुशासन र पारदर्शितामा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदीले दीगो विकास र छिटो प्रतिफल दिने योजनाहरुबाट बेलकोटगढीको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा अझै वहस हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top