+
Search

ताजा अपडेट +

पपुलर +

डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

Upendra Devkota
डबली खबर
७ साल अगाडी

काठमाडौँ/ नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ ।

नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डा देवकोटालाई आज अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।

सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी निकै अघिदेखि उहाँलाई भेटेर उपाधि दिन प्रयासरत थियौँ, तर उहाँको स्वास्थ्यमा उतारचडाव भइरहेको थियो, उपयुक्त समयको पर्खाइमा थियौँ, आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालमै गएर उहाँलाई मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान ग¥यौँ, उहाँ अहिले सामान्य अक्सिजनमा हुनुहुन्छ ।”

उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिनुभएको अध्यक्ष शर्माले राससलाई जानकारी दिनुभयो ।

“हामीले सामान्य दोहोरो कुराकानी ग¥यौँ, उपचार भइरहेको समयमा फैलिएको दुःखद् समाचारमा परिवारमा आहत पु¥याएको छ, यति निर्दयी भएर समाचारमा दिन हतार नगर्दा हुन्थ्यो, परिवारको भावनाको कदर गर्नुहुन अनुरोध छ,” उहाँले भन्नुभयो ।

सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ