sujim bazar advert

राष्ट्रपति भण्डारीसँग बिम्स्टेक महासचिवको भेट

    जेष्ठ १६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

President house of nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रको संगठन (बिम्स्टेक) का महासचिव सहिदुल इस्लामले आज शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा बिम्स्टेक प्रक्रियालाई प्रभावकारी बनाई सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो ।

उक्त भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top