२०८१, १३ बैशाख बिहीबार

युगकविको जन्मजयन्तीमा १९ भाषामा कविगोष्ठी

    जेष्ठ १० २०७५ २१:१८

yugkavi siddicharan shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको १०७ आँै जन्मजयन्तीका सन्दर्भमा बहुभाषिक कविगोष्ठी सम्पन्न गरेका छन् ।

संस्कृत, नेपाली, मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारु, गुरुङ, वान्तवा, सुनुवार, डोटेली, थुलुङ र अंग्रेजी भाषामा २९ कविले कविता वाचन गर्नुभएको थियो । प्रा मोहनप्रसाद लोहनी, जनगायक रामकृष्ण दुवाल, साहित्यकार विजयध्वज थापा, नरेन्द्रबहादुर श्रेष्ठ, फूलमान वललगायतले युगकविलाई रचनामार्फत स्मरण गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले युगकविको सम्झनामा प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएकामा यस पटक बहुभाषिक कविगोष्ठी गरेको जानकारी दिनुभयो । सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले मुलुकमा रहेका विविध जाति तथा समुदायका भाषा संस्कृति नै हाम्रो बहुलताको विशेषता भएको र त्यसलाई युगकविले रचनामार्फत सन्देश दिनुभएको बताउनुभयो । युगकविका छोरा रविचरणले युगकविले कवितात्मक अभिव्यक्ति दिँदा मातृभाषालाई प्राथमिकता दिनुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top