sujim advert

जनशक्ति नहुँदा शुरु भएन बर्थिङ सेन्टर

    जेष्ठ ९, २०७५

sizen education new intake 2025
ananda Jewellery shop

Birthing Center Prasuti Griha
bidur tax consultancy services in nuwakot

सिक्रे,नुवाकोट/ सिक्रे स्वास्थ्य चौकीमा सबै पूर्वाधार पूरा भए पनि जनशक्ति अभावमा बर्थिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन ।

सुरक्षित सुत्केरी सेवाका लागि बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मी छैनन् । स्वास्थ्यचौकीका इञ्चार्ज यमकुमार महतोले आगामी आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्ने भनेकाले आगामी साउनदेखि सेवा शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

शिवपुरी गाउँपालिका–४ सिक्रे काठमाडौँबाट २८ किमीको दूरीमा भए पनि भौगोलिक रुपमा विकट छ । महतोले भन्नुभयो, ‘‘जनस्वास्थ्य कार्यालयबाट पनि अनुगमन गर्न आउनुभएको छैन, बर्थिङ सेन्टर सञ्चालन गर्न अहिलेको जनशक्तिले पुग्दैन, कम्तीमा दुई जना दक्ष प्रसूतिकर्मीको आवश्यक पर्छ, गाउँपालिकाले बजेट नभएको बताएपछि आगामी आवमा सेवा शुरु गर्ने लक्ष्य छ ।”

बर्थिङ सेन्टर सञ्चालन भएपछि चौबीसै घण्टा चल्नुपर्ने भएकाले एक जना मात्र नभई पालो गरेर ड्युटी गर्न जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ । स्वास्थ्यचौकीमा कार्यरत अनमी टीकाकुमारी खड्काले सुत्केरी हुने समय नजिकिन थालेपछि धेरैजसो काठमाडौँ जाने र अन्य सल्लीमैदानमा रहेको लिखु स्वास्थ्य चौकीमा जाने गरेको जानकारी दिनुभयो । गोरखा भूकम्पले पूर्ण रुपमा स्वास्थ्यचौकी भत्किएपछि जर्मन विकास नियोगअन्तर्गतको रिकभरी कार्यक्रममार्फत सिक्रे स्वास्थ्यचौकी प्रिफ्याब ढाँचामा पुनःनिर्माण गरिएको छ । डेढ वर्ष अस्पताल हस्तान्तरण भई सञ्चालनमा आएपछि सेवा लिन सजिलो भएको स्थानीयवासी माया गुरुङले बताउनुभयो ।

‘‘हामलिाई सजिलो भएको छ, नयाँ भवनमा पालो कुर्न बस्ने ठाउँ, शौचालयको व्यवस्था छ, रक्तचाप नाप्न, सुगर जाँच गर्न टाढा जान पर्दैन, औषधि पनि धेरै यहीँ निःशुल्क पाइन्छ”, उहाँले भन्नुभयो । उक्त कार्यक्रमबाटै दिइएको प्रयोगशाला र एक्स–रेका उपकरण पनि भवनको अभावमा भण्डारमा थन्किएको स्वास्थ्यचौकीले जनाएको छ ।

गर्मी शुरु भएसँगै स्वास्थ्यचौकीमा बिरामी बढेका छन् । दम, उच्च रक्तचाप, घाउखटिरा, ज्वरो, झाडाबान्ता र रुघाखोकीका बिरामी धेरै आउने गरेको इञ्चार्ज महतोले बताउनुभयो । (रासस)

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top