२०८०, २३ मंसिर शनिबार
social securities awareness bidur municipality

मिडियामा हुने कुनै पनि खालको नियन्त्रण मान्य नहुने

    जेष्ठ ८ २०७५ १९:४७

pratik book and stationery center in nuwakot

काठमाडौं /नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोख्रेलले मर्यादित पत्रकारिताका नाममा मिडियामा हुने कुनै पनि खालको नियन्त्रण मान्य नहुने बताउनु भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा मिडियालाई मर्यादित र जिम्मेवार बनाइने उल्लेख गरिएकोमा नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष पोख्रेलले त्यसलाई प्रष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो । ‘सहजीकरणका लागि उल्लेख गरिएको हो भने ठीक छ, उहाँले भन्नुभयो, तर नियन्त्रण गर्न आशय भए मान्य हुँदैन ।’

महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले कानूनी रुपमै सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने प्रवृति विश्वव्यपी रुपमा बढिरहेको भन्दै नेपालमा त्यसको सम्भावना तत्काल् नभए पनि सचेत रहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

पत्रकार महासंघका सल्लाहकार तिर्थ कोइरालाले मिडियामा पेशागत असुरक्षा र स्वनियन्त्रण रहेको भन्दै पत्रकारितामा क्षेत्रमा रहेका कमजोरीलाई न्यूनीकरण गर्न पत्रकारलाई पनि सचेत गराउनुपर्ने बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मिडियामा पेशागत असुरक्षा भएपनि समितिमा उजुरी भने कम आउने गरेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सूचना अधिकारी डा. टिकाराम पोखरेलले मिडिया राष्ट्रिय मानव अधिकार आयोगको सहयोगीका रुपमा रहेको भन्दै मिडियामा आएपछि नै धेरै जसो घटनाको अनुसन्धान गर्ने बताउनु भयो ।

प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले आचासंहिता उल्लङ्घनका घटनाहरु बढिरहेको भन्दै सबैभन्दा बढि उजुरी अनलाइनबारे परेको बताउनुभयो । अहिलेसम्म एक सय उजुरी परेको जानकारी दिँदै उहाँले त्यस मध्ये ६० वटा अनलाइन सम्बन्धी भएको बताउनुभयो । सूचना अधिकारी खनालले कतिपय अवस्थामा पत्रकारहरुले जानेरै आचारसंहिता उल्लङ्घन गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top