+
Search

ताजा अपडेट +

पपुलर +

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

Stop Child Rape Nepal
डबली खबर
८ साल अगाडी

नुवाकोट/छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ ।

अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

मकवानपुरगढीबाट यहाँको पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कविलासमा मजदुरी गर्न आएका घिमिरेले शनिबार बालिकाको घरमा कोही नभएको समयमा जुस खान दिएर ‘अपराध’ गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।(रासस)

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ