२०८०, १४ मंसिर बिहीबार
social securities awareness bidur municipality

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

    जेष्ठ ६ २०७५ २१:२७

Stop Child Rape Nepal
pratik book and stationery center in nuwakot

नुवाकोट/छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ ।

अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

मकवानपुरगढीबाट यहाँको पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कविलासमा मजदुरी गर्न आएका घिमिरेले शनिबार बालिकाको घरमा कोही नभएको समयमा जुस खान दिएर ‘अपराध’ गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।(रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top