२०८१, ११ बैशाख मंगलवार

अपहरणको नाटक गर्ने तीन पक्राउ

    जेष्ठ २ २०७५ २३:२५

badri-rimal-bidur-municipality-kidnapcase
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office
 नुवाकोट/आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरी कारबाही थालेको छ ।
 
गत आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका–३ का धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजुप्रसाद रिमाललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
 
उनीहरुलाई कारबाहीका लागि प्रशासन कार्यालयमा सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
 
धनबहादुरले सोही वडाका वडाध्यक्ष बद्री रिमालसहितका पाँचजनाले आफूलाई अपहरण गरी जंगलमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्दै रु एक लाख र सुनको सिक्री लगायतका गहना लुटेको भन्दै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अभियोगमा सोमबार उजुरी दिएका थिए ।
 
घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सूचना झुठो भएको र वडाध्यक्षलाई फसाउन नियोजितरुपमा लागेको पाइएकाले पीडित भन्नेलाई नै पक्राउ गरी कारबाही शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
 
अपहरणमा परेको भनिएका धनबहादुर गम्भीर घाइते भएको भन्दै जिल्ला अस्पताल त्रिशूली र वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराउन भर्ना भएपनि अवस्था सामान्य पाइएपछि कारबाहीका लागि प्रहरीले नुवाकोट ल्याएको हो । (रासस) 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top