२०८१, १३ बैशाख बिहीबार

बसपार्कमा बन्यो अपांगमैत्री शौचालय

    बैशाख ३१ २०७५ १९:३६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौ/नयाँ बसपार्क गोँगबुमा अपांगमैत्री शौचालय निर्माण भएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुका लागि शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार अपांगता भएका यात्रुका लागि शौचालय बनाउन २५ लाख लगानी भएको छ । पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले शाँैचालय लगायत अन्य विकास निर्माणको काम समेत गरिरहेको छ ।

“शौचालयभित्र ह्विलचियर समेत लैजान मिल्ने गरी निर्माण गरेका छौँ,” उहाँले भन्नुभयो । शौचालय भित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top