sujim advert

दुईदिने नेपाल भ्रमणमा यस्तो हुनेछ मोदीको समयतालिका

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

काठमाडौं- राजकीय भ्रमणका लागि पटनाबाट हेलिकप्टर चढेर जनकपुरधाम आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि नेपाललाई जति युद्धस्तरको तयारी गर्नु परेको छ, त्यत्ति नै उनी पनि भ्रमणका बेला चटारोमा देखिने भएका छन् ।

मोदीको भ्रमणले अहिले जनकपुरको फोहोर फ्याँक्ने मात्र होइन, काठमाडौंको फुटपाथ हटाउनेदेखि मुस्ताङसम्म सुरक्षा कडाइमा अभूतपूर्व कदम उठाइएका छन्। नाकाबन्दीपछि मोदीको अलोकप्रियतालाई ध्यानमा राख्दै यसपल्ट सुरक्षा व्यवस्थालाई बढी कडाइ गरिएको छ।

मोदीको नेपाल भ्रमणको तालिका नियाल्दा उनले दुई दिनमै तराई, पहाड र हिमाल सबै क्षेत्र भ्रमण गर्ने छन् र नेपालको विवधिताप्रति प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ उनीबाट।

त्योसँगै मुक्तिनाथ र जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेर ‘हिन्दु’ नेताका रुपमा नेपालीहरुको मन जित्ने प्रयासमा पनि उनी लागेको अनुमान गरिएको छ।

यस्तै दुई अलग अलग ठाउँ जनकपुर र काठमाडौंबाट दिइने तर विवादित बनेका ‘नागरिक अभिनन्दन’मा सरिक हुने मोदीले ‘गार्ड अफ अनर’सम्म पाउने छन् नेपालको छोटो बसाइका क्रममा।  दुई दिनभित्रै शीर्ष तहमा राजनीतिक वार्ता गर्न समेत भ्याउनेछन् उनले ।

भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीसँग गरेका सम्झौता र समझदारी अनुसार रेलमार्ग, जलमार्ग र कृषि क्षेत्रको विकासमा सहयोगी बन्ने गरी केही सम्झौता गर्ने योजना समेत मोदीको छ।

त्योसँगै विराटनगरस्थित भातीय दूतावासको क्याम्प अफिस हटाउन पनि मोदीलाई नेपाल पक्षले आग्रह गर्ने बुझिएको छ। यस्तै प्रधानमन्त्री ओली भारत भ्रमणका बेला शिलान्यास गर्ने भनिए पनि रोकिएको बहुचर्चित अरुण तेस्रो आयोजनाको शिलान्यास समेत मोदी यात्राका समयमै गरिने छ काठमाडौंमा। यद्यपि उक्त आयोजनाले वित्तीय श्रोतको जिम्मेवारी पूरा गरि सकेको छैन।

मुक्तिनाथको दर्शनका लागि दोस्रो तथा अन्तिम दिन काठमाडौंबाट बिहानै हिमालको यात्रा गर्दै मुस्ताङ पुग्ने छन् उनी। मुस्ताङबाट फर्किएपछि मोदीले राष्ट्रपति र उपराष्ट्रपतिलाई शिष्टाचार भेट गर्ने छन्।

त्यसपछि पनि विभिन्न राजनीतिक दलका नेतासँगको भेटवार्तामा सहभागि बन्दै भारतीय वायुसेनाको विशेष विमानबाट दिल्ली फर्कन हतारो हुने छ उनलाई।  उनको नेपालभित्रको भ्रमणका लागि चार वटा भारतीय हेलिकप्टर आउने छन् । -देश सञ्चार

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top