२०८१, १३ बैशाख बिहीबार

चितवनमा सहकारी बैंकको शाखा, पहिलो दिनमै ३२ करोड निक्षेप संकलन

    बैशाख २५ २०७५ २३:११

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

चितवन । नेपालमा सहकारीको उद्गमस्थलका रुपमा रहेको चितवनमा सहकारीहरुको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा स्थापना भएपछि चितवनका सहकारीहरु उत्साहित भएका छन् ।

सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका लागि स्थापित सहकारी बैंकको शाखा स्थापनाका लागि धेरै लामो समयदेखि प्रयत्न गरिरहेका चितवनका सहकारीकर्मीहरु सोमबार बैंकको शाखा स्थापनापछि हर्षित भएका हुन् । चितवनका करिब ७ सय वटा सहकारीले वार्षिक १५ अर्बभन्दा बढीको कारोबार गर्दछन र सहकारीहरुको बैंक नभएका कारण अहिलेसम्म सबै निजी बैंकमा कारोबार गर्दै आएको भन्दै सहकारीका अगुवाहरुले अब सहकारी बैंकमार्फत नै कारोबार गर्ने प्रतिवद्धता जनाएका छन ।

राष्ट्रिय सहकारी बैंकको भरतपुर शाखाको प्रदेश नं. ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सोमबार उद्घाटन गरेका हुन् ।

नारायणगढको सहिदचोकमा रहेको शाखा कार्यालय सञ्चालनको पहिलो दिनमै चितवन र नवलपुरको गैडाकोटका सहकारीहरुले ३२ करोडभन्दा बढी निक्षेप जम्मा गरेका छन् । सहकारी संघ संस्थाका प्रतिनिधिहरुले नियमित कारोबारका साथै संस्थामा रहने तरलताको रकम सहकारी बैंकमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध सञ्चालक के.बी. उप्रेती र लेखा समितिका संयोजक कुलचन्द्र अधिकारीले बैंकको अवस्था, आगामी कार्ययोजना र सहकारीहरुसंगको सहकार्य लगायतका विषयमा जानकारी गराए ।

मुख्य शाखासहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्न लागेको बैंकमा १४ अर्ब निक्षेप, ११ अर्ब लगानी र १६ अर्बको कुल कारोबार रहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए । चालु आर्थिक वर्षमा ७ वटा शाखा थप हुने भएकाले १ अर्ब भन्दा बढी कारोबार वृद्धि हुने उनले बताए । -कोपमिडिया

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top