sujim bazar advert

चोरीका मोटरसाइकल भन्सारमा बुझाइने

    बैशाख २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

रसुवा/नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र लिलाम प्रक्रियाका लागि रसुवा भन्सार कार्यालय, टिमुरेलाई बुझाउन लागिएको हो ।

बरामद भएका मोटरसाइकल प्रायः चालु हालतकै रहेका छन् । राजमार्गअन्तर्गत विभिन्न स्थानमा भेटिएका ती मोटरसाइकल नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुञ्चेको परिसरमा राखेको र चोरीका गतिविधि नियन्त्रणका लागि ठाउँठाउँमा जाँच गर्ने काममा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, केरुङ मार्गमा मालबाहक सवारीसाधन चलाउने सवारी चालक अनुमतिपत्रलाई पनि कडाइका साथ परीक्षण कार्य शुरु गरिएको छ । हालसम्मको परीक्षणबाट केही सवारी चालक नक्कलीसमेत भेटिएकाले त्यस्ता सवारी चालकलाई कारबाही प्रक्रियासमेत अगाडि बढाइएको बताइएको छ ।

रसुवागढी नाकाबाट ससाना सवारीसाधन केरुङतर्फ छोड्दा फल्स बटन बनाई सुन ल्याउने गरेको विगतको घटनालाई गम्भीरतापूर्वक मनन गरी मालबाहक ठूला सवारीसाधनबाहेक अन्य सवारीसाधन केरुङ जाँदा रसुवागढीको मितेरी पुलमै रोक लगाएपछि अवैध कारोबारको समस्या हल हुँदै गएको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो ।

नीति नियमको अधिनमा रही राज्यको पहरेदारको कार्य गर्न नेपाल प्रहरी सक्षम रहेको र हाल चालु एकमात्र नेपालको उत्तरी नाका रसुवागढी क्षेत्रमा अवैध कारोबारमा निगरानी बढाउन सिसी क्यामेरासमेत जडान भइसकेकाले परीक्षण कार्य थप प्रभावकारी बनाउन एक्स्रे मेशिनको खाँचो रहेको प्रहरीले जनाएको छ । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top