२०८०, १६ चैत्र शुक्रबार

यस्तो छ तीन सय मृत्युदण्ड देखेकी महिलाको कथा

    बैशाख २४ २०७५ १८:३३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा अन्य राज्यको तुलनामा अत्यधिक मृत्युदण्ड दिने गरिन्छ । यो राज्यकी एक पूर्व कर्मचारीले तीन सयभन्दा बढी मृत्युदण्डको सजाय देखिसकेकी छिन् । यसले आफ्नो जीवनमा पारेको प्रभावबारे मिचेल लियोनले त्यसको प्रभावहरुबारे बताएकी छिन् ।

१८ वर्षअघि मिचेल लियोन्सले रिकी म्यागिनको मृत्यु देखेकी थिइन् । उनलाई अझै पनि त्यो मृत्युले रुवाउने गरेको छ । संसारमा सबैभन्दा सामान्य अपेक्षाको कुरा आउँदा उनले अझै पनि म्यागिनको आमालाई सम्झिने गरेकी छिन् । जुन दिन उनलाई दुवै हात समातेर हलचल गर्न नदिई छोराको मृत्यु देखाइएको थियो ।

१२ वर्षसम्म सुरुवातमा समाचारपत्रको रिपोर्टर, त्यसपछि टेक्ससको आपराधिक न्याय विभाग (टीडीसीजे)को प्रवक्ताको हैसियतमा लियोन्सको काम उक्त राज्यले दिएको सबै मृत्युदण्डहरुलाई नियाल्नु बन्न पुग्यो । सन् २००० देखि २०१२ सम्मको अवधिमा उनले करिब तीन सय पुरुष तथा महिलाहरुको मृत्युदण्ड देखिन् । लियोन्सले पहिलो मृत्युदण्ड हेर्दा उनी २२ वर्षकी थिइन् ।

उनको लागि मृत्युदण्ड हेर्नु आफ्नो रोजगारीको एक भाग थियो । मृत्युदण्डको विषयमा अध्ययन गर्नु, मृत्यु दण्ड पाउने मानिसहरुको मनोदशा बुझ्नु र अन्तिम समयको अवस्थाको अध्ययन गर्नु नै उनको काम थियो । यद्यपि यस किसिमका कानुनहरु केही अपराधको लागि भने सही रहेको उनको बुझाइ छ ।

यदि उक्त समयमा मृत्युदण्डले आफूलाई कस्तो असर पारिरहेको छ भन्ने विषयमा चिन्तित भएको भए रोजगारी आफूले काम गर्नै नसक्ने उनले बताइन् । सन् १९२४ देखि प्रत्येक मृत्युदण्डको सजाय टेक्ससको हन्टसभाइल सहरमा दिइने गरिएको छ । यो सहरमा सातअ‍ोटा जेलहरु रहेका छन् ।

सन् १९७२ मा सर्वोच्च अदालतले त्यसअघि दिइँदै आएको जमिनमा मृत्युदण्ड दिने चलन खारेज गर्नको लागि निर्देशन दिएको थियो । यस किसिमको दण्ड निकै क्रूर तथा असामान्य तरिका रहेको कारण जमिनमा मृत्युदण्ड नदिनका लागि अदालतले निर्देशन दिएको थियो तर एक महिनाभित्रै केही राज्यहरुले पुनर्लेखन गर्दै उक्तनियमलाई नै निरन्तरता दिए ।

टेक्ससमा भने दुई वर्षभन्दा पनि कम समयमा नै नयाँ किसिमको मृत्युदण्ड दिने व्यवस्था गरियो, जसमा मृत्युदण्ड दिने मानिसलाई हानिकारक इन्जेक्सन दिइन्थ्यो । सन् १९८२ मा चार्लि ब्रुकलाई ब्लेडबाट उक्त इन्जेक्सन दिई मृत्युदण्ड दिइएको थियो । यो तरिबाट मृत्युदण्ड दिइएको यो पहिलो घटना थियो ।

टेक्ससको हन्टस्भाइल सहरलाई विश्वको ठुलो सजाय पाउने सबैभन्दा ठुलो सहरको रुपमा चिनिने गरिएको छ । यो सहरको विषयमा केही पत्रकारहरुले पनि आलोचना गरेर लेखेका थिए तर पछि उनीहरु पनि वास्तविक एजेन्डामा भने सहमत भएका थिए । हन्टस्भाइल सहर निकै शान्त सहर हो । यहाँका स्थानीय मानिसहरु निकै शान्त स्वभावका रहने गरेका छन् भने यहाँ जताततै चर्चहरु देख्न सकिन्छ । यो सहरमा केही दिन बस्दा यो सहर खराब मानिसहरुलाई उनीहरुको निर्मातासँग नै भेटाउने स्थान हो भन्ने कुराको कुनै आभाषसमेत हुँदैन ।

सन् २००० मा टेक्ससमा ४० जना मानिसहरुलाई मृत्युदण्ड दिइएको थियो । एकै वर्षमा यति धेरै संख्यामा मानिसहरुलाई मृत्युदण्ड दिइएको त्यो पहिलो वर्ष थियो । साथै यो संख्या करिब सबै अमेरिकी मुलुकहरुमा दिइएको मृत्युदण्डको बराबर रहेको थियो । जसमध्ये नियोन्सले ३८ ओटा मृत्युदण्ड हेरेकी थिइन् । आफ्नो डायरीहरु अहिले पल्टाउँदा पनि त्यो समयमा आफूलाई निकै चिन्ता लाग्ने किसिमका कुराहरुले सताउने गरेको उनको भनाइ छ । यद्यपि यस किसिमका कुराहरुले कहिलेकाँही आफूलाई अघि बढ्नका लागि पनि सहयोग गर्ने उनको विश्वास छ ।

मृत्युदण्डको प्रक्रिया लियोन्सलाई कुनै मानिसलाई आरामसँग सुताउन लगेको जस्तो लाग्छ । सन् १९२४ देखि  १९६४ सम्मको अवधिमा भने एक विद्युतीय कुर्सीमा राखेर मृत्युदण्ड दिइन्थ्यो । अहिले भने मृत्युदण्ड दिने मानिसलाई इन्जेक्सनबाट दिइएको औषधीले मानिसको फोक्सोको काम रोकिन्छ । जसको कारण औषधि लिएपछि उसले श्वास फेर्न सक्दैन ।
सन् २००२ मा संघीय न्यायालयका प्रमुख न्यायाधीशको हत्या गरेका १७ वर्षीय नोपेलियोन बाज्लीको मृत्युदण्डमा भने लियोन्स डाँको छोडेर रोएकी थिइन् । उक्त बालक मुलुक तथा समाजको लागि निकै उत्पादनशील हुनसक्थ्यो तर उसको त्यस किसिमको मृत्यु आफूलाई सहन निकै कठिन भएको उनी बताउँछिन् ।

मृत्युदण्डको विषयमा सन् २०१३ मा एक सर्वेक्षण पनि गरिएको थियो । यो सर्वेक्षणमा ७४ प्रतिशत टेक्ससका नागरिकहरुले यो नियमको पक्ष लिएका थिए । जसको कारण यो नियम त्यतिसजिलै खारेज हुने सम्भावना भने कम रहेको छ । अघिल्लो वर्ष हन्टस्भाइलमा सात जना मानिसहरुलाई मृत्युदण्ड दिइएको थियो । यो सन् २००० को तुलनामा भने निकै कम हो ।

मृत्युदण्ड दिएपछि गाडिएका शवहरुमा अन्य चिहानमा जस्तो धेरै फूलहरु देखिँदैनन् । यसको अर्थ उनीहरुलाई त्यसपछि एक्लै छाडिन्छ र बिर्सिइन्छ । लियोन्स उनीहरु सबैलाई सम्झिने कर्तव्य आफ्नो रहेको महशुश गर्छिन् । (बीबीसीबाट)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top