sujim advert

रुकुम पूर्वका विद्यालय एक महिना बन्द

    बैशाख २४, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Yarsagumba Nepal
bidur tax consultancy services in nuwakot

रुकुम/रुकुम पूर्वमा रहेका विद्यालय आजदेखि बन्द भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक हिमाली पाटनतर्फ जान थालेपछि यहाँका विद्यालय बन्द हुन थालेका हुन् ।

यार्साको समयमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । जेठको दोस्रो सातादेखि खुला गरिने यार्सा टिप्न वैशाख दोस्रो सातादेखि नै उनीहरु पाटनतर्फ जान्छन् ।

यो बिदालाई विद्यालयहरुले बर्खे बिदासँग मिलाउने हुँदा विद्यार्थीको पठनपाठन समस्या नहुने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटा बताउनुहुन्छ । “जेठको अन्तिम सातासम्म विद्यालय बन्द हुने जानकारी आएको छ” उहाँले भन्नुभयो ।

यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र शिक्षकहरुसमेत पाटनतर्फ जाने गर्छन् ।

विद्यालय बन्दका बारेमा केही जानकारी नगराएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यहाँका विद्यालयले बर्खे बिदासँग यो बिदा मिलाउँदा पढाइमा त्यति समस्या नहुने उहाँको भनाइ छ ।

“अन्य बिदासँग नमिलाएर यसरी आफूखुशी विद्यालय बन्द गरेको भए शिक्षा कार्यालयले कारबाही गथ्र्याे”, जिल्ला शिक्षा अधिकारी कुँवरले भन्नुभयो, “तर उनीहरुले बिदा मिलाउँछन् ।”

यस समयमा यहाँका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय बन्द हुने गर्दछन् । एक याममा यहाँका स्थानीयले रु ५० हजारदेखि पाँच लाखभन्दा बढी कमाउने गरेको स्थानी बताउँछन् ।

जिल्लाको पुथा उत्तरगंगाको बुकीमा पाइने यार्सा जेठको दोस्रो सातादेखि संकलन शुरु गरिने भएको छ । यसका लागि यार्सा मौसम व्यवस्थापन समितिले गतेको भने टुंगो लगाउन सकेको छैन । यहाँ बर्षेनी जेठको दोस्रो सातातिर यार्सा संकलनका लागि बुकी खुला गर्ने चलन छ । यसका साथै भुमे र सिस्ने गाउँपालिकाका केही भागमा पनि यार्सा पाइने गर्दछ ।

कर रु दुई हजार ६००

जिल्ला वन कार्यालय रुकुमले यार्सा व्यावसायीबाट रु दुई हजार ६०० कर निर्धारण गरेको छ । नेपाल सरकारको नीतिअनुसार उक्त कर निर्धारण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

वन कार्यालयमा रु दुई हजार ६०० कर तिरेपछि उनीहरुले यार्साको व्यवसाय गर्न पाउँछन् । आजसम्म जिल्ला वन कार्यालयबाट कसैले अनुमति लिएका छैनन् ।

यार्सा संकलनका लागि भने यार्सा मौसम व्यवस्थापन समितिले रु एक हजार ५०० कर लिने गरेको छ । उक्त रुपैयाँ तिरेपछि यार्सा संकलन गर्न पाइने यार्सा मौसम व्यवस्थापन समितिले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top