sujim advert

पुस्तकालय सञ्चालन

    बैशाख २१, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

disability friendly kumari library nuwakot nepal
bidur tax consultancy services in nuwakot

कुमरी, नुवाकोट/बेलकोगटगढी नपा–२ कुमरीस्थित जनजागरण पुस्तकालय स्रोत केन्द्रले सुविधा सम्पन्न भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

भूकम्पले क्षतिग्रस्त भएपछि सो पुस्तकालय टहरामा सञ्चालन हुँदै आएको थियो ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र पुस्तकालय भवन निर्माणमा सहयोग गर्ने संस्था एसएसबीका अध्यक्ष मार्टिन कुशटम्यानले संयुक्त रुपमा आज नवनिर्मित सो पुस्तकालय भवनको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेता सिंहले पुस्तकालयले प्रदान गर्ने सेवा र यहाँको पुस्तकलाई धेरै उपयोग गर्नुपर्ने बताउँदै गाउँमा पनि यति धेरै सुविधा सम्पन्न पुस्तकालय निर्माण हुनु ज्यादै प्रंशसनीय कार्य भएकाले यसको सक्दो उपयोग गर्नु होला भन्नसभयो ।

एसएसबीका अध्यक्ष मार्टिनले पुस्तकालयप्रति यहाँको समुदायको लगाव देखेर नै सहयोग जुटाएर भवन निर्माणमा सघाएको बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा पूर्वसभासद् जगदीश्वरनरसिंह केसीले समुदायको अगुवाइमा स्थापना भएको सो सुविधा सम्पन्न पुस्तकालयले यो क्षेत्रमा थप सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, बेलकोगटगढी नपा–२ का वडाअध्यक्ष रमेश न्यौपानेलगायतले नुवाकोटले गर्व गर्न लायक पुस्तकालय निर्माण भएको बताउनुभयो ।

विसं २०६४ मा स्थापना भएको जनजागरण सामुदायिक पुस्तकालय भवन विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको थियो ।

रिड नेपाल र एएसबीको आर्थिक तथा प्रविधिक सहयोगमा ‘जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समाबेशी विपद् जोखिम न्यूनीकरण परियोजना’ अन्तर्गत भवन निर्माण गरिएको पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

नवनिर्मित भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभाहल, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, श्रव्य दृश्य कक्षलगायत रहेको अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो ।

रु दुई करोड ७५ लाख २७ हजार ५० को लागतमा सो पुस्तकालय निर्माण भएको जनाएको छ । (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top