+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटलाई जेष्ठ ८ मा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिंदै

नुवाकोटलाई जेष्ठ ८ मा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिंदै
डबली खबर
७ साल अगाडी

नुवाकोट / नुवाकोट जिल्लालाई जेष्ठ ८ गते “खुल्ला दिसामुक्त जिल्ला” (ओडिएफ) घोषणा गरिने भएको छ ।

नुवाकोटलाई सन २०१७ डिसेम्वर भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भनिएतापनि आज पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नुवाकोटका प्रमुख मोहनलाल जिसीले उक्त कुरा बताउनुभयो । नुवाकोटमा रहेका १२ स्थानीय तहहरुमध्ये  ८ स्थानीयतह खुल्ला दिसामुक्त भैसकेको र अबको निर्धारित ३ साताभित्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय लगायतको पहलमा नुवाकोट खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न लागिरहेको बताउनुभयो ।

open defecation free nuwakot 2018

नुवाकोटका जनताको पहुँचमा ९८ प्रतिशत मात्र शौचालय भएको भन्दै अब नुवाकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न लागेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नुवाकोटका भवानी सापकोटाले धारणा व्यक्त गर्नुभयो । देशभर ५१ जिल्ला खुल्ला दिसामुक्त क्षेत्र भइसकेको बताउँदै निर्धारित समयमै काम भए नुवाकोट ५२ औ खुल्ला दिसामुक्त जिल्ला हुने सापकोटाले बताउनुभयो ।

नुवाकोटको १२ स्थानिय तहमध्ये विदुर नगरपालिका, मेघाङ गाउँपालिका, लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका, किस्पाङ गाउँपालिका, दुप्चेश्वर गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेको छ भने बेल्कोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र सुर्यगढी गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र हुन बाँकि रहेका छन ।

र यो पनि,

नदीमा चर्पीको ढल मिसाइदा खुला दिसामुक्त घोषणा प्रभावित – अध्यक्ष तामाङ

बेलकोटगढी १५ दिनमै खुल्ला दिशामुक्त

दिसामुक्त क्षेत्र घोषणामा नुवाकोट बाधक

उन्मुख सूची नुवाकोट, ११ जिल्ला खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा

मनकामना खुल्ला दिशामुक्त घोषणा

दलितलाई शौचालय निर्माण सामग्री

 

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ