sujim bazar advert

५ वर्षमा १० लाख बालबालिकाको जीवनमा परिवर्तन ल्याइने

    बैशाख २१, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ/प्लान इन्टरनेशनलले नेपालमा बालबालिकाको अधिकार स्थापित गर्न गाउँगाउँ पुगेर प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

सो संस्थाले बितेको चार दशकमा ५० जिल्लामा बालबालिकाको शिक्षा, स्वास्थ्य, र संरक्षणका लागि सक्रिय हुनाका साथै जीविकोपार्जन तथा ग्रामीण खानेपानी, सरसफाइ, महिला सशक्तीकरण तथा विपद् जोखिम न्यूनीकरणजस्ता क्षेत्रमा काम गर्दै आएको बताइएको छ । त्यसबाट समुदायका लाखाँै बालबालिका लाभान्वित भएको संस्थाको भनाइ छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बालबालिका र समुदायसँगको लामो यात्रो साँचो अर्थमा उदाहरणीय छ भन्दै बालबालिकाका लागि दीर्घकालीन परिवर्तन ल्याउन अन्तर्राष्ट्रिय दाता र गैरसरकारी निकायको योगदान उल्लेखनीय भएको बताउनुभयो । कोपेन्सले भन्नुभयो, “यस वर्ष हामी नेपालमा बालबालिकाको अधिकारका लागि नयाँ अभियानको थालनी गरी परिष्कृत गर्नेछौँ ।”

प्रबन्धक श्रीराम केसीले प्लानले संस्थाको ४०औँ वार्षिकोत्सव वर्षभरी नै विविध कार्यक्रम गरी मनाउने जानकारी दिनुभयो । उहाँले बालबालिका तथा समुदायले आफ्नो क्षेत्रमा भएका परिवर्तन र उपलब्धिलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने, किशोरीको प्रवद्र्धनका लागि समीक्षा गर्ने तथा राम्रा अभ्यासको अभिलेख तयार पार्ने काम गर्ने बताउनुभयो ।

उहाँले पाँचवर्षीय नयाँ रणनीतिअनुसार नेपालमा बालबालिकाले भोग्नुपरेका समस्या न्यूनीकरणका लागि आगामी पाँच वर्षमा १० लाखमाझ पुगेर तिनको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । प्लानले जारी गरेको विज्ञप्तिमा विकट र पिछडिएका क्षेत्रमा पाँच रणनीतिक विषयमा आफ्ना स्रोत परिचालनलाई निरन्तरता दिइने बताइएको छ । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top