sujim bazar advert

२५ मेगावाटको सौर्य यन्त्र निर्माण शुरु

    बैशाख १५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Solar Panel Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

त्रिशूली, नुवाकोट/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुनले विद्युत् उत्पादनमा आत्मनिर्भर हुनसके देशले भोग्दै आएको व्यापारघाटा काम हुने बताउनुभएको छ ।

विदुर नपा–६ मा देवीघाट जलविद्युत् परिसरमा ग्रिड सोलार प्लान्टको शिलान्यास गर्दै मन्त्री पुनले देशको मागलाई धान्न सक्ने र विद्युत् खपत हुने क्षेत्र विस्तार गर्नसके मुलुकले व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्छ भन्नुभयो ।

“विद्युत् धेरै खपत हुने उद्योगहरुको स्थापना गर्ने, खाना बनाउनेदेखि यातायातसमेत विद्युत्बाट सञ्चालन गर्ने वातावरण बनाउने छौँ” उहाँले भन्नुभयो, “ग्यास, डिजेल, पेट्रोल र विद्युत् आयातका लागि विदेशिने रु एक खर्बभन्दा बढी रकम नेपालमै रहन्छ । यसले थोरै भए पनि व्यापार घाटा कम गराउँछ ।”
मन्त्री पुनले आगामी दिनमा सरकारले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै अर्को वर्षको वर्षात्मामा देश लगभग विद्युत्मा आत्मनिर्भर हुने भएकाले सरकारले धेरै विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनामा जोड दिएको बताउनुभयो ।

मन्त्री पुनले शिलान्यास गरेको २५ मेगावाट क्षमताको ग्रिड सोलार नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्र सकेर विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले बताउनुभयो ।

सोलार प्यानल सञ्चालनमा आएपछि सोलार प्लान्टबाट अपराह्न उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले अपराह्न कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमेजस्ता जलाशययुक्त तथा अर्धजलाशययुक्तको जलविद्युत्को पानी सञ्चित गरी बिहान र बेलुकी सञ्चालन गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । जर्मनेली कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ ।

प्राधिकरणका महाप्रबन्धक घिसिङले कूल उत्पादनको १० देखि १५ प्रतिशत ऊर्जा सोलार प्लान्टबाट उत्पादन गर्ने योजना बनाइएको बताउनुभयो । उहाँका अनुसार अहिले बन्ने सोलार प्लान्ट पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै सञ्चालन गरी त्यसपछि मात्र प्राधिकरणलाई हस्तान्तरण गरिनेछ ।

प्राधिकरणको स्वामित्वमा रहेका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नुपर्ने सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

शिलान्यास कार्यक्रममा सहभागी नुवाकोटका सांसद हितबहादुर तामाङनारायणप्रसाद खतिवडा तथा प्रदेश सदस्य बहादुरसिंह लामाले आयोजना समयमा सम्पन्न गराउन प्राधिकरणले ध्यान दिनुपर्ने बताउनुभयो । (रासस)

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top