sujim advert

फोटो पत्रकार दिवसमा प्रभातफेरी

    बैशाख १३, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विराटनगर/ राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङको आयोजनामा भएको प्रभातफेरीमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता रहेको थियो ।

-यालीपछि आयोजित कोणसभामा सामाजिक विकासमन्त्री घिमिरेले फोटो पत्रकार समाजका ऐना भएकाले समाजलाई सहयोग पुग्नेगरी पत्रकारले कलम चलाउनुुपर्ने बताउनुभयो । उहाँले पत्रकारको हकहितका लागि प्रदेश सरकार सहयोग गर्न कटिबद्ध रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष कुमोद अधिकारीले फोटो महासंघले पत्रकारको हकहितका लागि आवाज उठाउनुुपर्नेमा जोड दिनुभयो ।

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य वेदराज पौडेलले स्थानीय निकायमा भएको विकास निर्माणसम्बन्धी जानकारी दिन फोटो पत्रकारलाई रोजगार दिनुपर्ने बताउनुभयो । -रासस


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top