sujim bazar advert

गोली लागि घाइते बनेका प्यालेष्टिनी पत्रकारको निधन

    बैशाख १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र / दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको उपचारका क्रममा बुधबार निधन भएको छ ।

पचीस बर्षीय अहमद अबु हुसेन यही अप्रिल १३ मा स्थानीय रेडियोलाई समाचार संकलनका क्रममा इजरायली सुरक्षा फौजको गोली लागि घाइते हुनुभएको थियो ।

गाजाका स्वास्थ्य मन्त्रीले तेल अभिभ नजिकै रहेको स्हेबा अस्पताललाई उद्धृत गर्दै भन्नुभयो, “पत्रकार हुसेनको इजरायली क्षेत्रमा रहेको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।”

पत्रकार हुसेनका दाजु दिआ हुसेनले मृत शरीरलाई अन्त्येष्टिका लागि गाजा ल्याइन लागेको बताउनुभयो ।

इजरायली सीमा क्षेत्रमा विगत एक महिनादेखि प्रदर्शन गर्ने क्रममा कम्तिमा ४० प्यालेष्टिनीले ज्यान गुमाएका छन् भने पाँच हजार भन्दा बढी घाइते भएका छन् । (एएफपी)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top