२०८१, ७ बैशाख शुक्रबार

सप्ताहव्यापी बुद्धजयन्ती शुरु

    बैशाख १३ २०७५ ०४:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

जितपुर, कपिलवस्तु/शान्तिका महानायक गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा २५६२ औं बुद्धजयन्ती सप्ताह आजदेखि शुरु भएको छ ।

प्राचीन कपिलवस्तुलाई विश्वभर चिनाउने उद्देश्यका साथ यहाँ आजदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम गर्न लागिएको हो ।

२५६२ औं बुद्धजयन्ती मूल समारोह समितिले आज यहाँ गरेको पत्रकार सम्मेलनमा आयोजक समिति संयोजक तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषको अग्रसरतामा वैशाख १२ र १३ गते जिल्लाका सातवटै पुरातात्विक स्थलहरूमा सरसफाइ गर्ने, १६ र १७ गते सातवटै पुरातात्विक स्थल एवं नगर क्षेत्रभित्र दीप प्रज्वलन गरिनेछ ।

वैशाख १२ गते अस्पताल तथा बालगृहका बालबालिकालाई फलफूल वितरण, वैशाख १३ नगर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र १४ गते चित्रकला प्रतियोगिता सञ्चालन गरिने छ ।

त्यस्तै, फोटो पत्रकार संघ कपिलवस्तु र भिजुअल आर्टिस्ट गैंडाकोटको संयोजनमा तिलौराकोटमा वैशाख १६, १७ र १८ गते बुद्धचित्र प्रदर्शनी, १६ गते भिक्षुहरूलाई भोजनदान र १८ गते लुम्बिनीबाट ’बेबी बुद्ध’ ¥याली एवं शोभायात्रा गरी तिलौराकोटमा समापन गरिनेछ । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top