sujim advert

चिनीको भन्सार महशुल दर घटाउन माग

    बैशाख १२, २०७५

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विराटनगर / विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज यहाँ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् ।

नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ ।

विगतमा १५ प्रतिशत लिँदै आएको भन्सार मूल्यांकन दर बढाएर तीस प्रतिशत पु¥याउँदा समस्या भएको बताउँदै त्यसमा थप एकसय डलर भन्सार महशुल र १३ प्रतिशत भ्याट कायम हुँदा चिनीको मूल्य वृद्धि भई उपभोक्ता मारमा पर्ने व्यवसायीको दाबी छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारदाले सरकारले चिनीमा बढाएको भन्सार मूल्यांकन दरले आम उपभोक्ता थप मारमा परेको बताउनुभयो ।

उद्योग संगठन मोरङ अध्यक्ष मुकेश उपाध्यायले चिनीको भन्सार मूल्यांकन दर घटाउन सरकारसँग माग गर्नुभयो । (रासस)

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top