sujim bazar advert

कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्षमा थापा

    बैशाख १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Building of Federation of Nepali Journalists
Big Education Consultancy Nuwakot
global ime bank flash loan

सुर्खेत/कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीका दुर्गा थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।


तीनै संगठनको केन्द्रीय सहमतिअनुसार प्रदेश संगठनका प्रेस चौतारी, युनियन र सेन्टरका सहमतिका उम्मेदवारविरुद्ध अध्यक्षमा विष्णु शर्मा, टेकबहादुर वली, उपाध्यक्ष धर्मराज जिसी, महासचिवमा सुशील शर्मा, कोषाध्यक्षमा लोकेन्द्र पौडेल र सदस्यमा अकबर खानले उम्मेदवारी दिएका थिए ।

महासंघको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समयभित्रै उनीहरुले आज दिउँसो ३ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महासंघको प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको कर्णाली प्रदेश पत्रकार महासंघ निर्वाचन समितिका संयोजक कमलेश डिसीले जानकारी दिनुभयो ।

अध्यक्ष थापासँगै महासंघको २१ सदस्यीय प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको छ । खुला उपाध्यक्षमा प्रेस युनियनका कमल पन्त र समावेशी उपाध्यक्षमा प्रेस सेन्टर डम्बरकुमारी आचार्य, महासचिवमा दीपेन्द्र शर्मा, खुला सचिवमा प्रेस चौतारीका पवित्रकुमार शाही, समावेशी सचिवमा प्रेस सेन्टरका गणेश सिर्पाली र कोषाध्यक्षमा चौतारीका सुरेन्द्र खत्री निर्वाचित हुनुभएको संयोजक डिसीले बताउनुभयो ।

त्यसैगरी, खुला सदस्यहरुमा कृष्ण धमला, कृष्ण आचार्य, अशोककुमार सिंह, गोविन्द केसी, नवीनकुमार पौडेल, बिस्नप्रसाद न्यौपाने, गोपाल रेग्मी, मन्दिर सिंह र दानाकुमारी शाही निर्विरोध निर्वाचित भएको उहाँले बताउनुभयो ।

यसैगरी महिला सदस्यमा कृष्णमाया उपाध्याय र छसाल लामा, दलित सदस्यमा गणेश विक, आदिवासी सदस्यमा सन्तोष घर्ती, जनजातिमा श्रीप्रसाद चौधरी निर्वाचित हुनु भएको संयोजक डिसीले जानकारी दिनुभयो ।

संयोजक डिसीका अनुसार मधेशी दुई र अल्पसंख्यक एक जना सदस्यमा कसैको उम्मेदवारी नपरेकाले तिनलाई खुला सदस्य कायम गरिएको थियो ।

उहाँका अनुसार निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण केन्द्रीय पत्रकार महासंघमा पठाइने र यही वैशाख २२ गते केन्द्र महासंघले नै घोषणा तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ ।  (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top