sujim bazar advert

रसुवामा ८३ प्रतिशत आवास निर्माण

    बैशाख १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवा/भूकम्पपछिको आवास निर्माण कार्य रसुवा जिल्लामा अगाडि बढिरहेको छ ।

भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख धीर फडेराका अनुसार भूकम्पले क्षति पु¥याएका ११ हजार ६३३ घरमध्ये ८३ प्रतिशत घरहरुको निर्माण भइरहेको छ ।

यहाँ आवास पुनःनिर्माणका लागि सम्झौता गरेका १० हजार ७०४ लाभग्राहीमध्ये आठ हजार ८८१ जनाले दोस्रो किस्ता प्राप्त गरिसकेका छन् भने तीन हजार ९९६ घरको तेस्रो किस्ताका लागि प्राविधिक सिफारिश भइसकेको छ । क्रमशः तेस्रो किस्ता भुक्तानी दिने काम अगाडि बढेको छ ।

रसुवाको पाँच गाउँपालिकामध्ये तेस्रो किस्ता लिनेमा उत्तरगया गापामा एक हजार सात, आमाछोङ्मो गापामा एक हजार ४६, गोसाइँकुण्ड गापामा ४२४, कालिका गापामा एक हजार ४६ र नौकुण्ड गापामा एक हजार ६२ जना रहेका छन् ।

हिमाली जिल्ला, विगत महिनाको हिमपात र भौगोलिक विकटताले सामान ढुवानीमा समस्या परेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । अर्कोतर्फ सबैले एकसाथ घर बनाउँदा दक्ष कामदारको अभाव हुन पुगेको छ । घर पुनःनिर्माणमा केही समय विलम्ब भए पनि चालू आर्थिक वर्षको असार मसान्तसम्म पुनःनिर्माणअन्तर्गत आवास घर निर्माण भइसक्ने अपेक्षा गरिएको र प्राविधिक अनुगमनसमेत राम्रो ढंगले अगाडि बढेको भट्टले बताउनुभयो ।

अहिलोसम्म आवास पुनःनिर्माण गरी घरका छाना छाउनेको संख्या समग्रमा ३७ प्रतिशत पुगेको छ । जेठ १५ गतेसम्म यो संख्या ७५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण आफ्नो थातथलो छाड्न बाध्य साबिक हाकु गापाको गोगने, मैलुङ तथा डाडागाउँको करुम्राङ क्षेत्रका ७६२ घरपरिवारमध्ये १११ घरपरिवारका लागि सरकारी सुविधाअन्तर्गत प्रतिपरिवार दुई लाख रुपैयाँका दरले घडेरी खरिद गरिएको, जग्गाधनी प्रमाणपुर्जाका आधारमा रकम भुक्तानी गरिएको र अन्य भूकम्प प्रभावित व्यक्तिका लागि घडेरी जग्गा खोज्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रसुवा जिल्ला समन्वय सचिवालयले जनाएको छ ।

रसुवाका प्रत्येक गाउँटोलको आवास पुनःनिर्माणका लागि ६० जना इन्जिनियर परिचालन भइरहेको बताइएको छ ।

यस्तै, भूकम्पले क्षति पु¥याएका सरकारी भवनमध्ये जिल्ला अस्पताल रेडक्रसले निर्माण सम्पन्न गरिसकेको छ । खानेपानी तथा भवन डिभिजनको एकीकृत भवन, हुलाक, सिँचाइ, प्रजिअ आवास, कृषि तथा पशुसेवा कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालयले जनाएको छ ।

लाङटाङको पर्यटकीय क्षेत्रमा क्षति भएका होटल तथा आवास जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वय र दाताहरुको सहयोगबाट पुनःनिर्माण भई अहिले लाङटाङ पदमार्गमा ७१ वटा होटल सञ्चालनमा आइसकेको लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार ६०० वर्ष पुरानो लाङटाङको क्याङजेन गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल–चीनबीच सीमा क्षेत्रको ऐतिहासिक रसुवागढीको पुनःनिर्माण कार्य पनि ७० प्रतिशत पूरा भएको छ । भूकम्पले पूरै पर्खाल भत्काएपछि पहिलाको स्वरुप नबिग्रने गरी निर्माण भइरहेको सीमा प्रहरी चौकी टिमुरले जनाएको छ ।  (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top