sujim bazar advert

बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने

    बैशाख ११, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Lumbini Mayadevi Temple
Big Education Consultancy Nuwakot
global ime bank flash loan

बुटवल/गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशका बौद्ध विद्वान्को सहभागिता हुने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिलामन्त्री र २३ देशका विभिन्न तहका व्यक्ति सहभागिता रहने बताउँदै विगतका सम्मेलनका सन्देश र निष्कर्षलाई समीक्षा गर्दै आगामी दिनका लागि थप सन्देश दिन सम्मेलन महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले दुई वर्षअघि भएको बौद्ध सम्मेलन लुम्बिनी बौद्ध दर्शनको उद्गमथलो हो भन्ने विषयलाई स्थापित गर्न सफल भएको बताउँदै बुद्ध दर्शन नेपालसँगै अन्तर्राष्ट्रिय मानवजातिको आमूल परिवर्तनका निम्ति हो भन्ने सन्देश फैलाउनु जरुरी भएकामा जोड दिनुभयो ।

लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले प्रधानमन्त्रीको दुई वर्षअघिको चाहनाबमोजिम पाँच हजार जना क्षमताको अत्याधुनिक सभाकक्षको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको र सभाकक्ष करीब रु २७ करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।

लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा नरेशमान बज्राचार्यले सम्मेलनमा १६–१६ जना विदेशी र स्वदेशी बौद्ध विद्वान्ले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा बेलायती पुरातत्वविद् प्रा रविन कमिङघम मुख्य वक्ताका रुपमा रहनुहुनेछ । उहाँ अहिले बुद्धको जीवनीसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोटलगायत विभिन्न क्षेत्रको नयाँ तरीकाले उत्खनन गरिरहनुभएको छ ।

बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको यस वर्षको नारा ‘लुम्बिनी, नेपाल :भगवान् बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ रहेको छ । यस वर्ष बुद्ध जयन्तीका दिन वैशाख १७ गते बिहान प्रभातफेरी निकालिने र त्यसमा प्रधानमन्त्री, प्रदेश नं. ५ का मुख्यमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको सहभागिता हुने जनाइएको छ । (रासस)
–––

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top