२०८१, १३ बैशाख बिहीबार

एकले अर्कालाई खुईलाउने दिन गए: डा. महत

    बैशाख ८ २०७५ २२:०६

Prakash Sharan Mahat
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ / नेपाली कांग्रेस काठमाडौं समितिद्वारा आयोजित जिल्ला भेलालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले एकले अर्कालाई खुईलाउने दिन गएको धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा पार्टीभित्रको खिचातानी प्रवृतीको हावीले गर्दा अहिले नेपाली कांग्रेसको यस्तो अवस्था भएको बताए । त्यस्तै, पार्टीभित्रको आरोप पत्यारोपप्रति आक्रोशीत हुदै कसैले कसैलाई खुईलाएर खुईलिने दिन गए, नङग्याउने दिन गएको बताए । नेता महतले अहिले पार्टी गुट उपगुटमा चलीरहेको छ । एकले अर्कालाई हराउने प्रवृतिको अन्त्य हुनुप-यो । यसको अन्त्य नभएसम्म र यस्ता प्रवृत्ति नहटेसम्म पार्टीको संगठन वलियो हुँदैन । अब आफ्नै पार्टीभित्र खुईलायने र नङ्ग्रयाउने चलनको अन्त्य गर्दै प्रतिपक्षलाई खुइलाउनेतर्फ अघि बढ्नुपर्ने र आगामी दिनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलि नक्कली राष्ट्रवादको हावा गफ दिदै सत्तामा गएको आरोप लगाउदै अव जनता सचेत भईसकेको, झुक्काउने दिन गएको महतले बताए ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top