२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

    बैशाख ७ २०७५ १२:५०

pratik book and stationery center in nuwakot

काठमाडौँ / सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

नुवाकोटका करीव २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेकोे उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उहाँलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले विसं २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराउनुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उहाँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।(रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top