sujim advert

प्रम ओलीद्वारा सगरमाथा आरोहीलाई झण्डा हस्तान्तरण

    बैशाख ७, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि महिला पत्रकार समूहलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ ।

रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजै लुक्ला प्रस्थान गरेको समूहमा आबद्ध राष्ट्रिय समाचार समिति (रासस)का रोशा बस्नेतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमाल त हलचल हुँदैन, त्यहीँ रहन्छ तर जीवन फेरिफेरि पाइन्न, त्यसैले आफ्नो स्वास्थ्य र इम्युनिटी पावरको ख्याल राख्नु, मौसम प्रतिकूल भए जबर्जस्ती आरोहण नगर्नु र फर्कनु, फेरि पछि चढ्नु, सफलताको शुभकामना छ छोरीहरुलाई ।”

सो अवसरमा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालगायत उपस्थित हुनुहुन्थ्यो ।

समूहमा रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), रोशा बस्नेत (रासस), देउराली चाम्लिङ (फ्रिलान्सर), कल्पना महर्जन (मेघा टेलिभिजन) र प्रियालक्ष्मी कार्की (न्यूज २४) छन् ।

झमक घिमिरे साहित्यकला प्रतिष्ठान, काठमाडाँैका पदाधिकारीको समन्वयमा आरोहण टिमको मुख्य गाइड फुर्वा शेर्पा तथा को गाइड पेम्बा शेर्पासहितको समूहले पनि प्रधानमन्त्रीसंग भेटघाट गरेको छ ।   (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top