अपाङ्गतामैत्री पुस्तकालय निर्माण

    बैशाख ६, २०७५

sizen education study in Japan
ananda Jewellery shop

disability friendly kumari library nuwakot nepal

नुवाकोट / भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ ।

बेलकोटगढी नपा–२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र रु एक करोड ७५ लाखमा बनेको हो । रिड नेपाल र एएसबीको आर्थिक तथा प्राविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्युनीकरण परियोजनाअन्तर्गत भवन निर्माण गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिनुभयो ।

पुस्तकालय नेपालकै पहिलो अपाङ्गतामैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक भएको पुस्तकालय व्यवस्थापन समितिले जिकिर गरेको छ । नवनिर्मित पुस्तकालय भवनमा पुस्तकालय, बाल, महिला, युवा, सभा, सूचना सञ्चार प्रवधि, विपद् जोखिम न्यूनीकरण र श्रव्यदृश्य कक्ष छन् । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top