sujim advert

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

    बैशाख ६, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081
काठमाडौँ / वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ ।

‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो ।

प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताउनुभयो । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने उहाँले बताउनुभयो । ‘एम्क्याड–भिटी’ सफ्टवेयरका माध्यमबाट थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन सकिने, रोगको पहिचानमा सहयोग पुग्ने तथा उपचार सस्तो हुने छ । क्यान्सरको खतरा र अन्यत्रबाट क्यान्सर सरेको वा नसरेको सहजै पत्ता लगाउन सकिने बताइएको छ ।

हेल्थ केयर सोलुसनका निर्देशक भट्टले सफ्टवेयर जुनसुकै अल्ट्रासाउण्डका मेसिनमा राख्न मिल्ने बताउनुभयो । उक्त सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले निर्माण गरेको हो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top