sujim advert

हराएको एक महिनापछि शव भेटियो

    बैशाख ६, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Nuwakot District Map
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट/ किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् ।

पैंतालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो ।

शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण गरी परिवारले जिम्मा लिएका छन् ।

मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top