sujim bazar advert

बेपत्ता डंगोलको अवस्था पत्ता लगाउने मौखिक सहमतिपछि बन्द खुल्ला

    बैशाख ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Chitraman Dangol Rasuwa Murdercase
Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवा । रसुवाको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा मारिएको स्टाटस पोष्ट भएपछि आयोजना गरिएको रसुवा बन्द परिवारले फिर्ता लिएका छन् ।

बेपत्ता भएका डंगोलको अवस्था समयमा नै पत्ता लगाउने मौखिक सहमतिपछि बन्द खुलेको प्रहरीले जनाएको छ । बन्द फिर्ता लिएसँगै जिल्लामा गाडी चल्न थालेका छन् । अनिश्चितकालिन बन्द घोषणा गरेर बेत्रावतीमा सवारी साधन सञ्चालनमा अबरोध पु-याएपछि डंगोलको परिवार, आफन्त तथा स्थानीयसँग बिभिन्न चरणमा छलफल भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेत्रावतीमा गत सोमबार बिहानैदेखि छलफल चलेको थियो । बेपत्ता भएका डंगोलको अवस्था समयमा नै पत्ता लगाउने मौखिक सहमतिपछि बन्द खुलेको प्रहरीले जनाएको छ ।

उजुरी आएपछि खोजी कार्यलाई तिब्र बनाएको प्रहरीले अहिलेसम्म अवस्था पत्ता लगाउन सकेको छैन् । बेपत्ताको खोजी कार्यलाई तिब्रता दिइएको र सिआइबीसँग समन्वय गरेर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।

फेसबुकमा पोष्ट गरिएको फोटो ६ महिनाअघि भएको घटनाको भएको उहाँले जानकारी दिनुभयो । यहि चैत १५ गतेदेखि हराएका डंगोल अवस्था पत्ता लागेको छैन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top