२०८१, ७ बैशाख शुक्रबार

बेपत्ता डंगोलको अवस्था पत्ता लगाउने मौखिक सहमतिपछि बन्द खुल्ला

    बैशाख ६ २०७५ १४:५८

Chitraman Dangol Rasuwa Murdercase
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा । रसुवाको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा मारिएको स्टाटस पोष्ट भएपछि आयोजना गरिएको रसुवा बन्द परिवारले फिर्ता लिएका छन् ।

बेपत्ता भएका डंगोलको अवस्था समयमा नै पत्ता लगाउने मौखिक सहमतिपछि बन्द खुलेको प्रहरीले जनाएको छ । बन्द फिर्ता लिएसँगै जिल्लामा गाडी चल्न थालेका छन् । अनिश्चितकालिन बन्द घोषणा गरेर बेत्रावतीमा सवारी साधन सञ्चालनमा अबरोध पु-याएपछि डंगोलको परिवार, आफन्त तथा स्थानीयसँग बिभिन्न चरणमा छलफल भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेत्रावतीमा गत सोमबार बिहानैदेखि छलफल चलेको थियो । बेपत्ता भएका डंगोलको अवस्था समयमा नै पत्ता लगाउने मौखिक सहमतिपछि बन्द खुलेको प्रहरीले जनाएको छ ।

उजुरी आएपछि खोजी कार्यलाई तिब्र बनाएको प्रहरीले अहिलेसम्म अवस्था पत्ता लगाउन सकेको छैन् । बेपत्ताको खोजी कार्यलाई तिब्रता दिइएको र सिआइबीसँग समन्वय गरेर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।

फेसबुकमा पोष्ट गरिएको फोटो ६ महिनाअघि भएको घटनाको भएको उहाँले जानकारी दिनुभयो । यहि चैत १५ गतेदेखि हराएका डंगोल अवस्था पत्ता लागेको छैन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top