sujim bazar advert

नेपाल भाषाको रंगीन साप्ताहिक ‘लहना’ पाँचौं वर्ष प्रवेश

    बैशाख ५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Lahana Weekly Newspaper
Big Education Consultancy Nuwakot

काठमाडौँ, ४ वैशाख/ नेपाल भाषाको रंगीन साप्ताहिक ‘लहना’ चार वर्ष पार गरी पाँचौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज यहाँ एक कार्यक्रमको आयोजना गरियो ।

नेपाल भाषा, लिपी, संस्कृति र साहित्यको प्रचारप्रसारका साथै नेवाः समाज र नेतृत्व वर्गमा देखापर्दै आएका विसंगतिलाई उजागर गर्ने र पहिचानको मुद्दा उठाउने काम गरी अघि बढिरहेको यस साप्ताहिक समाचारपत्रले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न पुरस्कार पनि प्रदान गरेको छ ।

साप्ताहिकका सम्पादक जुजुमान महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ती पुरस्कार प्रदान गर्नुभएको थियो ।

चौथो लहना–धर्ममूर्ति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका शोभा श्रेष्ठ, तेस्रो लहना–सूर सम्मान चलचित्र निर्देशक आर्यन नकर्मी, दोस्रो लहना–पञ्चवीर पुरस्कार नेवाः आन्दोलनका अग्रज डा महेशमान श्रेष्ठ, दोस्रो लहना–मोहिनी पुरस्कार मेट्रो एफएमका उदेन न्हूसाय्मी, लहना न्यु जेनिथ पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका प्रशान्त माली र लहना– केशव–कृष्णबदन मातृभाषा पत्रकारिता पुरस्कार रेडियो नेपालका रचना श्रेष्ठलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दयारत्न शाक्य र पूर्व अध्यक्ष डा बाल गोपाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

प्रमुख अतिथि संस्कृतिविद् जोशीले संघीय प्रणालीअनुरुप समाचारपत्रले लगानी बढाएर आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्न सुझाव दिँदै मातृभाषाका लेखकले आफ्ना रचनालाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन विश्वभर बोलिने प्रमुख भाषामा अनुवाद गनुृपर्ने आवश्यकता औँल्याउनुभयो ।

लहनाका सम्पादक महर्जनले साप्ताहिकलाई आगामी दिन अझ सशक्त ढंगले अघि बढाउन सबै क्षेत्रको सहयोग अपेक्षित रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य र सांगीतिक प्रस्तुति दिएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top